९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सत्ता गठबन्धन र जसपा-एमाले सहमतिनजिक, आजै हस्त्ताक्षर हुँदै


जनमञ्च संवाददाता
  • २१ असोज २०७९ , शुक्रबार

  • सत्ता गठबन्धन र जसपा-एमाले सहमतिनजिक, आजै हस्त्ताक्षर हुँदै

    काठमाडौं, २१ असोज – चुनावी तालमेलमा जुटेका सत्तारूढ गठबन्धन सिट बाँडफाँटको सहमतिनजिक पुगेको छ । निरन्तर छलफलमा रहेका गठबन्धन दलहरू सहमति नजिक पुगेका हुन् । सहमतिको अन्तिम खाका आजै सार्वजनिक हुनसक्ने नेताहरू बताउँछन् ।

    नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटको काम अन्तिम चरणमा पुगेको बताए । सम्भवत आजै सहमतिमा हस्ताक्षर हुने सम्भावना रहेको उनको भनाइ छ । ‘सिट बाँडफाँटका विषयमा लगभग अन्तिम चरणमा पुगेका छौँ,’ उनले भने, ‘लगभग हस्ताक्षर गर्ने अवस्थामा पुगेको छ । सम्भवत आजै सहमतिको सूची सार्वजनिक हुन्छ । गठबन्धनको बैठक अहिले पनि जारी छ ।’

    उत्ता, सत्ता भागबण्डामा असन्तुष्ट जसपा भने नेकपा एमालेसँग सहमती गर्न पुगेको छ । सिट बाँडफाँटमा बार्गेनिङ गरिरहेको जसपा र एमाले विच पनि आजै टुंगो लाग्ने भएको छ । जसपा र एमालेबीच निर्णायक वार्ता भइरहेको छ । सम्भवतः शुक्रबार नै सहमतिको खाका सार्वजनिक गर्ने गरी वार्तालाई घनिभूत बनाइएको एमाले नेताहरूले बताएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend