९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

यी हुन् एकीकृत समाजवादीका १९ उम्मेदवार


जनमञ्च संवाददाता
  • २२ असोज २०७९ , शनिबार

  • यी हुन् एकीकृत समाजवादीका १९ उम्मेदवार

    काठमाडौं, २२ असोज – प्रतिनिधिसभा निर्वाचनमा १९ निर्वाचन क्षेत्र पाएको एकिकृत समाजवादीले उम्मेदवारको टुंगो लगाएको छ।

    समाजवादीले निवर्तमान प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका सबैलाई उम्मदेवार बनाएको छ। यी सबैलाई उम्मेदवार बनाउन विगतमा सहमति भएको थियो।

    ‘विगतको सहमतिअनुसार प्रत्यक्ष निर्वाचित सबैलाई टिकट दिइएको छ। उम्मेदवारको टुंगो पनि लगभग लगाएको छ,’ उपमहासचिव जगन्नाथ खतिवडाले भने।

    समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल रौतहट- १, नेता झलनाथ खनाल इलाम- १, उपमहासचिव जगन्नाथ खतिवडा उदयपुर क्षेत्र नम्बर २ बाट उठ्ने भएका छन्। यस्तै सचिव रामकुमारी झाँक्री गुल्मी-२ बाट उठ्नेछिन्।

    एकीकृत समाजवादीका उम्मेदवारको सूची :

    १. इलाम क्षेत्र न. १ – झलनाथ खनाल

    २. उदयपुर क्षेत्र न. २ – जगन्नाथ खतिवडा

    ३. रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल

    ४. बारा क्षेत्र न. ४ – कृष्णकुमार (किसान) श्रेष्ठ

    ५. काठमाडौं क्षेत्र न. ८ – जीवनराम श्रेष्ठ

    ६. ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन

    ७. धादिङ क्षेत्र न. १ – राजेन्द्रप्रसाद पाण्डे

    ८. मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा

    ९. कास्की क्षेत्र न. २ – श्रीनाथ बराल

    १०. गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री

    ११. पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे

    १२. रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ

    १३. दाङ क्षेत्र न. १ – मेटमणि चौधरी

    १४. सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)

    १५. डोल्पा – धनबहादुर बुढा मगर

    १६. दैलेख क्षेत्र न. १ – अम्बरबहादुर थापा

    १७. अछाम क्षेत्र न. १ – शेरबहादुर कुवँर

    १८. बझाङ – भानुभक्त जोशी

    १९. डोटी – प्रेमबहादुर आले

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend