९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सय जना उम्मेदवारबाट आयोगले असुल्यो ३ करोड ५५ लाख ५० हजार जरिवाना


जनमञ्च संवाददाता
  • २४ असोज २०७९ , सोमबार

  • सय जना उम्मेदवारबाट आयोगले असुल्यो ३ करोड ५५ लाख ५० हजार जरिवाना

    पोखरा, २४ असोज – निर्वाचन आयोगले झन्डै १ सय जना उम्मेदवारबाट ३ करोड ५५ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गरेको छ । गत स्थानीय तह चुनावमा उम्मेदवार भई समयमा निर्वाचन खर्च नबुझाइ जरिवानामा परेकाहरुले फेरी आगामी चुनावका लागि उम्मेदवार बन्न सो जरिवाना बुझाएका हुन् ।

    जरिवाना नबुझाइ उम्मेदवार हुन नपाउने व्यवस्था अनुसार अघिल्लो चुनावमा पनि उम्मेदवार रहेका र आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि पनि उम्मेदवार बनेका ति उम्मेदवारहरूले विभिन्न निर्वाचन कार्यालय मार्फत जरिवाना रकम बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

    जरिवानामा परेका उम्मेदवारले जरिवाना नतिरी उम्मेदवारी दर्ता गरेको भए रद्ध हुने पौड्यालले बताए । त्यस्ता उम्मेदवार बिरुद्ध दावी विरोधको उजुरी दिन सकिने उनले बताए । दावी विरोधको समयसम्म पनि जरिवाना नतिर्नेको उम्मेदवारी खारेज हुनेछ ।

    उनले भने–‘जरिवानामा परेकाहरुले सो रकम नतिरी उम्मेदवारी दर्ता गरेका रहेछन् भने हाम्रो सिष्टमले पनि उनीहरुको नाम देखाउँछ । दावी विरोधको समय आजसम्म उनीहरुले जरिवाना रकम बुझाउन सक्छन् । अन्यथा सम्बन्धित निर्वाचन अधिकृतबाट उम्मेदवारी रद्ध गरिन्छ ।’

    आयोगले गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई समयमा निर्वाचन खर्च नबुझाउने १ लाख २३ हजार उम्मेदवारलाई जरिवाना गरेको थियो । उनीहरुलाई आउँदो फागुनसम्म जरिवाना रकम बुझाउने समय दिइएको छ । सो अवधिसम्म जरिवाना नबुझाए उनीहरुलाई आगामी ६ बर्षसम्म कुनैपनि निर्वाचनमा भाग लिन नसक्नेगरी कालोसूचीमा राखिने आयोगले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend