८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
नवौं राष्ट्रिय खेलकुद

४०० मिटर हर्डल्समा जयरानीले जितिन् स्वर्ण


जनमञ्च संवाददाता
  • ३० असोज २०७९ , आइतबार

  • ४०० मिटर हर्डल्समा जयरानीले जितिन् स्वर्ण

    पोखरा, ३० असोज – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको ४०० मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्दै स्वर्ण जितेकी छन् ।

    पोखरा रंगशालामा आइतबार भएको प्रतिस्पर्धामा जयरानीले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेण्डमा पूरा गरिन् ।

    यो प्रतिस्पर्धामा एपीएफकी भागरती कुमारी थारुले १ मिनेट ०६.०६ सेकेण्डको समयसहित रजत र एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सेकेण्डको समयसहित कांस्य जितिन् ।

    गत असारमा काठमाडौंमा भएको ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा जयरानीले १ मिनेट ०७.०२ सेकेण्डको टाइमिङसहित राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।त्यतिबेला उनले ८ वर्ष पुरानो सविता चौधरीको कीर्तिमान तोडेकी थिइन् ।

    जयरानी आफूले स्वर्ण जित्नेमा ढुक्क नै थिइन् । ‘म कीर्तिमान सुधारकै लागि दौडिएकी थिएँ । सोचेभन्दा राम्रो प्रदर्शन भएकोमा खुसी छु,’ भन्छिन्, ‘मेरो इभेन्टमा प्रतिस्पर्धा कम हुने गरेको छ । तयारी पनि राम्रो भएकाले अनुकुल नतिजा आउनेमा ढुक्क थिएँ । अवसर पाएमा आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु ।’

    एथलेटिक्सको दोस्रो दिन आइनबार हर्डल्सको फाइनल प्रतिस्पर्धाको तालिका थिएन ।

    तर १२ जनाले नाम दर्ता गरेकोमा ५ जनाले फिर्ता लिएपछि सिधै फाइनल खेलाइएको हो ।

    यसअघि आइतबार नै पुरुष १० हजार मिटर दौडमा आर्मीका दीपक अधिकारीले स्वर्ण जितिसकेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend