९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
नेपाली काँग्रेसको घोषणा पत्र

सूचना र सञ्चारमा दुई लाख युवा सहभागी गराउने काँग्रेसको लक्ष्य


जनमञ्च संवाददाता
  • १२ कार्तिक २०७९ , शनिबार

  • सूचना र सञ्चारमा दुई लाख युवा सहभागी गराउने काँग्रेसको लक्ष्य

    काठमाडौं, १२ कात्तिक – नेपाली काँग्रेसले आगामी पाँच बर्ष भित्र सूचना तथा सञ्चार क्षेत्रमा दुई लाख युवा संलग्न गराउने लक्ष्य राखेको छ।  शनिबार काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गरेका हुन्।

    उक्त घोषणापत्रमा डिजिटल नेपाल सुशासन र समुन्नतिको आधार भन्ने नाराका साथ काँग्रेसले सूचना प्रविधिलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न,प्रविधिमा पहुँच पुर्‍याई विशेष गरी युवा उद्यमी, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सृजनशीलता प्रवद्र्धन गर्न उपयोग गर्ने नीति ल्याउने लक्ष्य राखेको।

    साथै गार्हस्थ कूल उत्पादनमा अनुसन्धान तथा विकासको अंश ०.३ प्रतिशत रहेकोमा यसलाइ बढाएर ०.७ प्रतिशत पुर्‍याउने घोषणापत्रमा उल्लेख छ।

    काँग्रेसले आगामी पाँच वर्षमा वार्षिक विदेशी पर्यटक आगमन संख्या १२ लाखबाट २० लाख पुर्‍याउने लक्ष्य राखेको छ।

    देउवाले सार्वजनिक गरेको घोषणापत्रमा पर्यटकको औसत बसाईलाई १३ दिनबाट १५ दिन, प्रति पर्यटक खर्च दैनिक ४८ डलरबाट १०० डलर पुर्‍याउने उल्लेख छ। साथै दैनिक पर्यटक खर्च १०० डलर पुर्‍याउने काँग्रेसको लक्ष्य छ।

    स्थापित तथा उदीयमान गन्तव्यहरु सम्मको सहज र सुलभ पहुँचका लागि पूर्वाधार विस्तार र स्तरोन्नति गरिने घोषणापत्रमा उल्लेख छ। पर्यटकहरुको धेरै चहलपहल हुने स्थानहरु सुरक्षित र डिजिटल नक्सामा देखिने बनाइने छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend