मतगणनाको पछिल्लो परिणाम अनुसार बागलुङ क्षेत्र नं. राष्ट्रिय स्वतन्त्र पार्टीले शुरुवाती अग्रता लिएको छ । ६ सय मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कँडेलले २ सय २२, नेकपा एमालेका उम्मेदवार डा. सूर्य पाठकले २ सय १५ र गठबन्धनका उम्मेदवार चित्रबहादुर केसीले १ सय ३७ मत प्राप्त गरेका छन् ।
यसैगरी, प्रदेशसभा अन्र्तगत बागलुङ १ (ख) को ८ सय ९५ मत गणना गर्दा गठबन्धनका उम्मेदवार डिल्लीराम सुवेदीले ३ सय ६, नेकपा एमालेका उम्मेदवार नवराज शर्माले १ सय ३५ मत प्राप्त गरेका छन् ।
यस्तै, प्रतिनिधिसभा क्षेत्र नम्बर २ को ११ सय ५ मत गणना गर्दा गठबन्धनका उम्मेदवार देवेन्द्र पौडेलले ६ सय ६५ मत प्राप्त गर्दै शुरुवाती अग्रता लिएका छन् भने नेकपा एमालेकी उम्मेदवार मन्जु शर्मा चालिसेले २ सय ९५, राष्ट्रिय स्वतन्त्र पार्टीकी तिला खत्रीले ८६, स्वतन्त्र उम्मेदवार तुलसीराम अर्यालले २ मत प्राप्त गरेका छन् ।
यस्तै, बागलुङ क्षेत्र नम्बर २ प्रदेश सभा (ख) अन्र्तगत ८ सय ९५ मत गणना गर्दा गठबन्धनका उम्मेदवार द्रोण कुँवरले ४ सय ४८, नेकपा एमालेका उम्मेदवार लक्ष्मण पुनले ३ सय ७७ प्राप्त गरेका छन्भने बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (क) मा गणना भएको ७ सय मतमध्ये नेकपा एमालेका हिरा बहादुर केसीले ३ सय २३ र गठबन्धनका उम्मेदवार दिपेन्द्र बहादुर थापा ३ सय ८ मत प्राप्त गरेका छन् ।