९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बागलुङ १ मा संघ र प्रदेश दुवैमा गठबन्धनको अग्रता


जनमञ्च संवाददाता
  • ६ मंसिर २०७९ , मंगलबार

  • बागलुङ १ मा संघ र प्रदेश दुवैमा गठबन्धनको अग्रता

    बागलुङ, ६ मंसिर– बागलुङ निर्वाचन क्षेत्र नं १ मा गठबन्धनका उमेद्वारहरुले अग्रता कायम राखेका छन् । क्षेत्र नं. १ मा प्रतिनिधिसभातर्फ गठबन्धनका उमेद्वार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ५ हजार ७ सय ६८ मत प्राप्त गरे भने उनलाई नेकपा (एमाले)का डा. सूर्यप्रसाद पाठकले ५ हजार ४ सय ४२ मतले पछ्याएका छन् ।
    मतगणनाको नतिजा अनुसार केसी पाठकभन्दा ३ सय २६ मतले अघि छन् । राष्ट्रिय जनमोर्चाको आधार क्षेत्र मानिएको बरेङ गाउँपालिका र जैमिनी नगरपालिकाको वडा नं. १० राङखानी, वडा नं. ९ पैञ्युथन्थापको मत गणना गर्दा केसी ३ सय मत बढीको अन्तरले अघि छन् । मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ३ हजार ३६ मत पाएका छन् ।
    त्यस्तै प्रदेशसभातर्फ नेपाली कांग्रेसका उमेद्वारहरुले अग्रता कायम गरेका छन् । प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका उमेद्वार दिपेन्द्र थापा एमालेका उमेद्वार हिराबहादुर केसीभन्दा ९२१ मतले अघि छन् । थापाले ७ हजार ६ सय मत पाउँदा केसीले ६ हजार ६ सय ७९ मत पाएका छन् ।
    प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका डिल्लीराम सुवेदीले अग्रता लिएका छन् । सुवेदीले ८ हजार ९ सय ५६ मत पाउँदा नेकपा एमालेका नवराज पौडेलले ५ हजार १ सय २४ मत मात्रै पाए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend