८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

फेसबुकमा डलरबाट प्रचार गरेका अधिकांश उम्मेदवार पराजित


जनमञ्च संवाददाता
  • ८ मंसिर २०७९ , बिहिबार

  • फेसबुकमा डलरबाट प्रचार गरेका अधिकांश उम्मेदवार पराजित

    काठमाडौं, ८ मंसिर – फेसबुकमा ठूलो मात्रामा डलर खर्च गरी विज्ञापन गरेका अधिकांश उम्मेदवारले पराजय व्यहोरेका छन्। काठमाडौंका अधिकांश उम्मेदवारले हजार बढी डलर खर्च गरेका थिए।

    दर्जन बढी उम्मेदवारले हजार डलर बढी खर्च गरेका छन्। स्वतन्त्र उठेको उम्मेदवारले खर्च गरेको डलर बराबर समेत मत आएको छैन। काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ४ वटा जित हासिल गरेका छन्।

    काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार श्रीराम गुरुङले ५ हजार ९६८ डलर अर्थात् ७ लाख ७५ हजार नेपाली रुपैयाँ खर्च गरेका छन्। तर उनले जम्मा २ हजार ७६१ मत मात्रै ल्याएर पाँचौँ बने।

    काठमाडौं क्षेत्र नम्बर १ बाट एमालेका उम्मेदवार किरण पौडेलले २ हजार ८१२ डलर अर्थात् ३ लाख ६५ हजार रुपैयाँ फेसबुक प्रचार खर्च छ।

    भोजपुरका उम्मेदवार बनेका डा. सुरेश बस्नेतले २ हजार ३७७ डलर अर्थात् ३ लाख ९ हजार खर्च गरेका छन्। अग्रस्थानमा रहेका सुदन किरातीको ९ हजार ६५ मत रहँदा बस्नेतले ४०३ मत मात्रै ल्याएका छन्।

    काठमाडौं क्षेत्र नम्बर ५ (२) का उम्मेदवार जगन्नाथ लामिछानेले १ हजार ८५७ डलर अर्थात् २ लाख २८ हजार खर्च गरेका छन्।

    राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले १ हजार ६८५ डलर अर्थात् २ लाख १५ हजार डलर खर्च गरेका छन्। मिश्रले ७ हजार १८ मत मात्रै ल्याएका छन्।

    काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठले २ हजार ७५९ डलर अर्थात् ३ लाख ५८ हजार खर्च गरेका छन्। कांग्रेसका प्रदीप पौडेल विजय भएको उक्त क्षेत्रमा श्रेष्ठले १ हजार ७११ मत मात्रै पाएका छन्।

    चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १ हजार ५६० अर्थात् २ लाख २ हजार खर्च गरेका छन्। उक्त क्षेत्रमा रवि लामिछानेले २२ हजार मत ल्याउँदा श्रेष्ठले १० हजार मत पाएका छन्।

    बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका मोहम्मद इश्तियाक राईले १ हजार ४६३ अर्थात् १ लाख ९० हजार खर्च गरेका छन्। उक्त क्षेत्रमा राप्रपाका धवलशमशेर राणा विजयी भइसकेका छन्।

    काठमाडौं ४ का स्वतन्त्र उम्मेदवार शिवेन्द्र केसीले १ हजार ४५० डलर खर्च गरेका छन्। उनले १ महिनामा १ लाख ८८ हजार रुपैयाँ खर्च गरेका छन्। उक्त क्षेत्रमा गगन थापा विजयी भए।

    काठमाडौं ९ मा कल्पना धमलाले १ हजार ४४३ डलर अर्थात् १ लाख ८७ हजार खर्च गरेकी छन्। उनलाई एमालेका कृष्णगोपाल श्रेष्ठले पराजित गरेका छन्।

    काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवार बनेकी रञ्जु दर्शनाले १ हजार ४०४ डलर अर्थात् १ लाख ८२ हजार खर्च गरेकी छिन्। काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जित हासिल गरेका छन्।

    मोरङ क्षेत्र नम्बर ४ ‘ख’का उम्मेदवार जीवन घिमिरे १ हजार ३९४ डलर अर्थात् १ लाख ८१ हजार खर्च गरेका छन्।

    पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार सोम प्रसाद पाण्डेले १ हजार ३२९ डलर अर्थात् १ लाख ७२ हजार खर्च गरेका छन्। उक्त क्षेत्रमा नेकपा एमालेका ठाकुर गैरेले फराकिलो अग्रता बनाएका छन्।

    सप्तरी २ बाट उम्मेदवार बनी जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित उपेन्द्र यादवले १ हजार ३०२ डलर अर्थात् १ लाख ६९ हजार रुपैयाँ खर्च गरेका छन्। उनी जनता समाजवादी पार्टीका अध्यक्ष समेत हुन्।

    काठमाडौं क्षेत्र नम्बर २ का उम्मेदवार अनुप बोहरा १ हजार १३७ डलर अर्थात् १ लाख ४७ हजार रुपैयाँ खर्च गरेका छन्। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम विजयी भएकी छिन्।

    जो डलर खर्च गरे, सांसद बने
    काठमाडौं-५ बाट उम्मेदवार बनेका प्रदीप पौडेलले १ हजार ७९४ डलर खर्च गरे। यो भनेको २ लाख ४१ हजारबराबरको फेसबुक प्रचार खर्च हो।

    काठमाडौं-१ बाट उम्मेदवार रहेका प्रकाशमान सिंहले १ हजार २५४ डलर अर्थात् १ लाख ६३ हजार खर्च गरेका थिए। उनी पनि विजयी भएका छन्।

    चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार विक्रम पाण्डेले १ हजार १९२ डलर अर्थात् १ लाख ५४ हजार रुपैयाँ खर्च गरेका छन्। उनी फराकिलो मतसहित अग्रस्थानमा रहेका छन्।

    काठमाडौं-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन्। उनले १ हजार १५७ डलर अर्थात् १ लाख ५० हजार रुपैयाँ अनलाइन प्रचारप्रसारमा खर्च गरेका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend