९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

समानुपातिकतर्फ एक करोड मतगणना, एमालेको निरन्तर अग्रता


जनमञ्च संवाददाता
  • १४ मंसिर २०७९ , बुधबार

  • समानुपातिकतर्फ एक करोड मतगणना, एमालेको निरन्तर अग्रता

    काठमाडौं, १४ मंसिर– प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए । प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेकामा अब करिब नौ लाख मतगणना बाँकी रहेको देखिएको छ ।
    निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निरन्तर अग्रता लिइरहेको छ । हालसम्म उक्त दलले २७ लाख एक हजार ७२ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २५ लाख ५९ हजार एक सय ७१ मतसहित दोस्रो स्थानमा रहेको छ ।
    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ११ लाख ४५ हजार चार सय ४२, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार छ सय ६३, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७१ हजार एक सय ७५, जनता समाजवादी पार्टी नेपालले तीन लाख ९६ हजार आठ सय ३९ र जनमत पार्टीले तीन लाख ६० हजार छ सय ६९ मत प्राप्त गरेका छन् ।
    प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६१ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । सुनसरी क्षेत्र नं ४, स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आइसकेपछि आयोगले ‘सेन्ट लग’ सूत्रअनुसार दलहरूले बुझाएको अन्तिम बन्द सूचीबाट समानुपातिकमा पाउने स्थान (सङ्ख्या) निर्धारण गर्नेछ । दोलखाका १० मतदान केन्द्रमा यही मङ्सिर १५ गते पुनः मतदान हुँदैछ भने स्याङ्जा र बाजुराको मतदानमा भएको विवादबारे चाँडै निकास दिइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend