९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

‘स्वयंसेविकाको कामले राज्यको स्वास्थ्य सूचक सुधार बन्दै’


जनमञ्च संवाददाता
  • १९ मंसिर २०७९ , सोमबार

  • ‘स्वयंसेविकाको कामले राज्यको स्वास्थ्य सूचक सुधार बन्दै’

    बागलुङ, १९ मंसिर– १९ औं महिला स्वास्थ्य स्वयंसेविका दिवश बागलुङमा मनाइएको छ । दिवसको अवसरमा सोमबार बागलुङ नगर स्वास्थ्य शाखा र सुनौलो नेपालको आयोजनाद्वारा कार्यक्रमका सहभागीहरुले स्वयंसेविकाको कामले राज्यको स्वास्थ्य सूचक सुधार बन्दै गएको बताएका थिए ।
    मुल समारोहमा बोल्दै बागलुङ नगरका उपप्रमुख राजु खड्काले समाजमा व्याप्त हिंसा न्युनिकरणका लागि पनि स्वयंसेविकाहरुको भूमिका महत्वपूर्ण भएको बताए । खड्काले घर घरमा पुगेर सेवा दिएका महिला स्वास्थ्य स्वयंसेविकाको हितमा नगरपालिकाले काम गर्ने प्रतिवद्धता जनाउँदै स्वयंसेविकाको सेवा सुविधा बढ्ने गरी नयाँ कार्यविधि कानून ल्याउन लागेको पनि जानकारी दिए ।
    नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले स्वस्थ्य आमा समूहले छनौट गरेका महिला दिदीबहिनीलाई सम्बन्धित स्वास्थ्य शाखाले सिफारिस गरेपछि मात्रै स्वयंसेविका बन्न पाउने प्रावधानबारे प्रष्ट पारेका थिए । नगरपालिकाभित्र झण्डै १ सय जना स्वयंसेविका क्रियाशिल रहेका छन् । उनीहरुमार्फत नगरपालिकाले नियमित खोप अभियान, औषधी खुवाउने, सरसफाइ लगायतका स्वास्थ्य अभियानहरु संचालन र जागरणका काम पनि गर्दै आएको छ ।
    नगर स्वास्थ्य शाखाका प्रमुख खनालको अध्यक्षतामा सम्पन्न दिवशमा स्वयंसेविकाको तर्फबाट कल्पना श्रेष्ठ, वडा नं. २ का अध्यक्ष सुरज बोसेल र वडा नं. ४ का अध्यक्ष कुमार बिक्रम क्षेत्रीले मन्तव्य व्यक्त गरेका थिए ।
    दिवसको अवसर महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता विकास गर्ने लक्षले आन्तरिक हाजिरीजवाफ प्रतियोगितासमेत गरिएको थियो । वडा नं. १ देखि ४ सम्मका स्वयंसेविकाको समूह बनाएर स्वास्थ्य क्षेत्रकै बिषय जानकारी दिनेगरी हाजिरीजवाफ गरिएको खनालले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend