काठमाडौं, २५ मंसिर – काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस देखिएको हो।
हिजाे शनिबार भने उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो। अहिले बिहान ८:४५ बजे देशका अन्य स्थानका न्यूनतम तापक्रम सार्वजनिकसँगै उपत्यकाको न्यूनतम तापक्रम पनि अपडेट गरिनेछ।
हिजो शनिबार भने देशका विभिन्न स्थानको तापक्रम यस्तो थियो : 