२७ भाद्र २०८३ , शनिबार

२७ भाद्र २०८३ , शनिबार
  • २७ भाद्र २०८३ , शनिबार
  • September 12 2026

नेपालमा झण्डै ३ वर्षपछि कोभिड संक्रमण शुन्य


जनमञ्च संवाददाता
  • ३ पौस २०७९ , आइतबार

  • नेपालमा झण्डै ३ वर्षपछि कोभिड संक्रमण शुन्य

    काठमाडौं, ३ पुस– नेपालमा कोभिड १९ संक्रमण देखिएको झन्डै तीन वर्षपछि आइतबार कुनै पनि नयाँ संक्रमित थपिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार १ सय ९९ वटा नमुना परीक्षण गर्दा नयाँ संक्रमितको संख्या शून्य रहेको हो ।
    आइतबार २ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर जम्मा ११ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् । नेपालमा २०७६ साल माघको पहिलो साता पहिलो पटक कोभिड संक्रमित भेटिएका थिए ।
    हाल नेपालमा कोभिडबाट संक्रमणमुक्त हुने दर पनि ९८ प्रतिशत रहेको छ । हालसम्म नेपालमा ९९ प्रतिशत जनसंख्याले कोभिडविरुद्ध खोप लगाइसकेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend