२७ भाद्र २०८३ , शनिबार

२७ भाद्र २०८३ , शनिबार
  • २७ भाद्र २०८३ , शनिबार
  • September 12 2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती र बुद्ध एयरलाइन्सले आज परिक्षण उडान गर्दै


जनमञ्च संवाददाता
  • ७ पौस २०७९ , बिहिबार

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती र बुद्ध एयरलाइन्सले आज परिक्षण उडान गर्दै

    पोखरा, ७ पुस – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएसँगै यती र बुद्ध एयरलाइन्सले बिहीबार (आज) परिक्षण उडान गर्ने भएका छन् ।

    नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय नगरीमा जनवरी १ तारिकबाट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी गरेसँगै दुबै एअरलायन्सले परिक्षण उडान भर्ने तयारी गरेका हुन् ।

    एअरलाइन्सले नयाँ विमानस्थलबाट उडान गर्न आवश्यक जनशक्ति तयारी गर्ने, आवश्यक तालिमहरु दिने, भुमिस्थ उपकरण ब्यवस्थापन गर्ने, विमानस्थलको स्थित अफिस तयारी गर्ने आन्तरिक कामलाई तीब्र बनाएको छ ।

    तयारी अनुसार यती एएरलायन्सले आज बिहान १० बजे र बुद्ध एयरलाइन्सले दिउसो १ बजे नयाँ एयरपोर्टमा परिक्षण उडान गर्ने तयारी गरेका छन् ।

    एयरलाइन्सले चालक दलका सदस्यहरुलाई नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एयरलाइन्सको आन्तरिक तयारीका लागि उडान भर्न लागेको हो । यसरी हुने उडानले चालक दलका सदस्यहरुलाई नयाँ विमानस्थलको बस्तु स्थिती जानकारी हासिल गर्न सहज हुने छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend