९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सरकार परिवर्तन हुनासाथ भारतले दियो काबेली बी र तल्लो मोदीको बिजुली निर्यात अनुमति


जनमञ्च संवाददाता
  • १२ पौस २०७९ , मंगलबार

  • सरकार परिवर्तन हुनासाथ भारतले दियो काबेली बी र तल्लो मोदीको बिजुली निर्यात अनुमति
    नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

    पोखरा, १२ पुस – भारतले नेपालका थप दुई जलविद्युत आयोजनाको विद्युत आफ्नो बजारमा विक्रीका लागि अनुमति दिएको छ।
    संयोग कस्तो परेको छ भने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै भारतले थप दुई आयोजनाको विद्युत निर्यातको स्वीकृति दिएको हो।

    भारतले काबेली बी १ (२४.२५ मेगावाट) र तल्लो मोदी (१९.४ मेगावाट)को विद्युत भारतीय बजारमा विक्री अनुमति दिएको हो। योसँगै नेपालका १० जलविद्युत आयोजनाको बिजुली स्रोत मानी ४५२.६ मेगावाट विद्युत निर्यातको अनुमति मिलेको छ।

    नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत १९ जेठ २०७९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको अनुमति पाएको थियो।

    शुरुमा दुईवटा  जलविद्युत केन्द्रहरुबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री सुरु गरिएको थियो। त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री गरिएको थियो। प्राधिकरणले गत १८ र  ३० कात्तिकबाट थप दुई जलविद्युत केन्द्रबाट उत्पादित विद्युत निर्यात गर्न स्वीकृति पाएको थियो। प्राधिकरणले गत जेठदेखि ३ पुससम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको थियो।

    भारतले नेपालका जलविद्युत आयोजनाको विद्युतलाई आफ्नो बजारमा अनुमति दिन विभिन्न प्रावधान र शर्त तेस्र्याउँदै आएको छ। चिनियाँ लगानी र चिनियाँ संलग्नता भएका आयोजनाको विद्युत् नकिन्ने उसले प्रष्ट पारिसकेको छ।

    त्यसैकारण, निर्माणको एउटा पक्षमा चिनियाँ कम्पनी संलग्न भएको माथिल्लो तामाकोशी (४५६ मेगावाट)को विद्युत भारतले किन्न स्वीकृति दिएको छैन। नेपालले माथिल्लो तामाकोशीसहितका विभिन्न आयोजनाका विद्युत भारत निर्यातका लागि प्रस्ताव राख्दै आएको छ।  गत वर्षायाममा भारतले स्वीकृति नदिँदा करीब ५ सय मेगावाट हाराहारी विद्युत् दैनिक रुपमा खेर गएको अनुमान गरिएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend