१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

एक वर्षमा मुस्ताङमा ६६ हजार पर्यटक


जनमञ्च संवाददाता
  • १७ पौस २०७९ , आइतबार

  • एक वर्षमा मुस्ताङमा ६६ हजार पर्यटक

    म्याग्दी, १७ पुस– पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा करिब ६६ हजार पर्यटकले भ्रमण गरेका छन् । सन् २०२२ मा ६५ हजार नौ सय ४० विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमले जनाएको छ ।
    कोरोना महामारी अघि मुस्ताङमा अधिकतम वार्षिक ६० हजारसम्म पर्यटक आएको तथ्यांक छ । सन् २०२१ मा दुई हजार तीन सय पर्यटक भित्रिएकामा छ सय दुईजना उपल्लो मुस्ताङ भ्रमणमा गएका थिए । सन् २०२० मा दुर्ई हजार तीन सय ४७ पर्यटक मुस्ताङ आएका थिए ।
    २०२२ मा मुस्ताङ भ्रमणमा आएकामध्ये ४६ हजार सात सय २४ पयृटक सार्क राष्ट्रका छन् । उन्नाइस हजार दुई सय छजना तेस्रो मुलुकका हुन् भने १३ हजार छ सय २५ पर्यटक मनाङ हुदै थोराङ्ला पास गरेर मुस्ताङ आएका छन् ।
    यसैगरी तीन हजार दुई सय १२ पर्यटक उपल्लो मुस्ताङ घुम्न गएका छन् । कागबेनीदेखि कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले सात दिनका लागि पाँच सय डलर शुल्क तिर्नुपर्छ । गण्डकी प्रदेशका लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दीमा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलककालाई प्रतिव्यक्ति एक हजार तथा तेस्रो मुलुककालाई प्रतिव्यक्ति तीन हजार शुल्क तोकिएको छ ।
    उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किन थालेको छ । पर्यटकीय क्षेत्रका बासिन्दा, पर्यटक, होटल व्यवसायी र मजदूरलाई राहत मिलेको लोमान्थाङका घरबास सञ्चालक टासी गुरुङले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend