१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

कोरोनाको बुस्टर डोज माघमा १५ लाख मात्रा आउने


जनमञ्च संवाददाता
  • २० पौस २०७९ , बुधबार

  • कोरोनाको बुस्टर डोज माघमा १५ लाख मात्रा आउने

    काठमाडौं, २० पुस– कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि खोप आउने भएको छ । ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले १५ लाख मात्रा खोप दिने भएको हो ।
    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले एक महिनापछि आगामी माघ १९ गते सो परिमाणको खोप आउने भएको जानकारी दिए ।
    यही पुस १४ गते सरकारले बुस्टर डोज खोपका लागि औपचारिक रुपमा ‘गाभी’लाई पत्र लेखेको थियो । कोरोना भाइरसको संक्रमण बढिरहेको बेला सरकारले बुस्टर डोज खोप ल्याउने तयारी गरेको हो । उनका अनुसार अमेरिकाबाट गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप उपलब्ध गराउने छ ।
    सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बुस्टर डोज नलगाएका सबैलाई खोप लगाउन आग्रह गरेको छ । सरकारले बुस्टर डोजका लागि मात्र प्रयोग हुने फाइजर खोप ल्याउन लागेको हो । छिमेकीमूलुक भारत र चीनमा विएफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ ।
    यस्तै, मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा सेनिटाइजर नियमित प्रयोग गर्न समेत आग्रह गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend