९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मह बेचेर वर्षिक ३५ लाख आम्दानी गर्दै देउपुरका तिमिल्सिना


जनमञ्च संवाददाता
  • २५ पौस २०७९ , सोमबार

  • मह बेचेर वर्षिक ३५ लाख आम्दानी गर्दै देउपुरका तिमिल्सिना

    पर्वत, २५ पुस– विगत दुई दशकदेखि मौरीपालन व्यावसाय गर्दै आउनुभएका पर्वत मोदीगाउँपालिका वडा नं. २ देउपुरका कोरुङ्गाका कृषक टिकाराम तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक ३५ लाखसम्म आम्दानी गर्दै आए छन् ।
    तिमिल्सिनाको घरमा अहिले एक सयभन्दा बढी मौरीका घार छन् भने ‘सिजन’मा यसको संख्या थपिने गर्दछन् । सुरुका केही वर्ष चिसोका कारण ५० प्रतिशत घाटा व्यहोरेका तिमिल्सिनाले ‘एपि सेरेना’ जातको मौरी पालनबाट पछिल्लो समयमा मनग्य कमाइ गर्न सफल भएको बताए ।
    २०५७ बाट व्यवसायिक माहुरीपालन गर्न थाल्नुभएका कृषक तिमिल्सिनाको मुख्य आम्दानी यही मह उत्पादन हो । आफुले उत्पादन गरेको मह धेरै मात्रामा घरबाटै बिक्री हुने गरेको छ भने काठमाडौँ, चितवन, बुटवल लगायतका बजारमा ब्रान्ड बनिसकेको तिमिल्सिनाले बताए ।
    पर्वतकै नमूना मौरीपालक किसानको परिचय बनाउनुभएका तिमिल्सिना विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि मौरीपालनमा हौसिएका थिए । उनले महसंगै मौरीको घार र गोलासमेत बिक्री गर्दै आएका छन् । ‘मौरीसहितको घार बिक्रीबाट बर्सेनि २० लाखभन्दा बढी आम्दानी हुन्छ’ उनले भने ।
    मौरीसहितका घार प्रतिगोटा नौ हजार र मह प्रतिकिलो एक हजारमा बिक्री गर्दै आएको तिमिल्सिनाले बताए । विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोतसमेत तिमिल्सिनाको फार्म बनेको छ । उनले एक सिजनामा सात क्विन्टलभन्दा बढी मह काढ्दै आएको अनुभव सुनाए ।
    एपि सेनेना जातको माहुरीको मह गुणस्तरीय हुने भएकाले राम्रो फाइदा हुने उनको भनाई छ । मौरीपालनमा अन्य पेसा व्यवसाय जस्तो एकैपटकमा लाखौँ लगानी गर्न नपर्ने तर आम्दानी उल्लेख्य हुने तिमिल्सिना बताउँछन् ।
    पर्वतका देउपुर, मल्लाज, भंगरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुंखु लगायतका ठाउँमा व्यावसायिक मौरीपालक किसानले बर्सेनि मौरीसहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन्भने सोही अनुपातमा मह उत्पादन भइरहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend