पोखरा, ३० पुस– गण्डकी प्रदेशसभाको सभामुख माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई पराजित गरेका हुन् । धितालले ३२ मत ल्याउँदा तिवारीले २६ मत मात्रै ल्याइन् ।
मतदानमा ५८ सांसद सहभागी थिए । उनलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेले धितालको पक्षमा मतदान गरेका थिए । उनले गोरखाको भिमसेन गाउँपालिका १ (२)बाट निर्वाचित भएका हुन् ।