९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

म्याग्दी महोत्सवमा १० करोडको कारोबार


जनमञ्च संवाददाता
  • ८ माघ २०७९ , आइतबार

  • म्याग्दी महोत्सवमा १० करोडको कारोबार

    म्याग्दी, ८ माघ– सातौँ म्याग्दी महोत्सव, माघे सक्रान्ति मेला एवम् गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक व्यापार मेला १० करोडको कारोबार गर्दै सम्पन्न भएको छ ।
    उद्योग वाणिज्य संघको आयोजनामा सदरमुकाम बेनीको खुलामञ्चमा १० दिनसम्म चलेको मेलामा करिब १० करोडको कारोबार भएको उद्योग वाणिज्य संघ म्याग्दीका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए ।
    ‘अपेक्षा गरेअनुसार कारोबार भएको छ, महोत्सव सफल बनाउन सहयोग गर्ने सबैप्रति आभारी छौँ’ अध्यक्ष कटुवालले भने । महोत्सवमा प्रदर्शन गरिएका विभिन्न संघसंस्था र जनजातिको झाँकी, भेशभूषा र नृत्यले जिल्लाको कला संस्कृतिलाई जगेर्ना गर्न मद्दत पु¥याएको महोत्सवको सांस्कृतिक विभागले जनाएको छ ।
    महोत्सवमा कृषि प्रदर्शनी, कालीगण्डकी नदीमा ¥याफ्टिङ, महिला पुरुष भलिबल, बास्केटबल, लोकदोहोरी, गण्डकी लोकस्टार, रत्यौली, पुख्र्यौली नृत्य, एकल र खुला नृत्य प्रतियोगिता, फोटो प्रदर्शनी लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।
    महोत्सवस्थलमा व्यापारिक र अन्य गरी कूल दुई सय ५८ कक्ष राखिएको थियो । ती व्यापारिक कक्षमा उत्साहजनक कारोबार भएको आयोजकले जनाएको छ । महोत्सवमा १ करोड २४ लाख ८७ हजार आम्दानी र १ करोड १५ लाख ७७ हजार २ सय ११ खर्च भई ९ लाख ९ हजार ७ सय ८९ बचत हुने अध्यक्ष कटुवालले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend