९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी नगर अस्पताल


जनमञ्च संवाददाता
  • १२ माघ २०७९ , बिहिबार

  • प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी नगर अस्पताल
    {"caption":"u092cu093eu0917u0932u0941u0919u0915u094b u0917u0932u0915u094bu091fu0938u094du0925u093fu0924 u0928u0917u0930 u0905u0938u094du092au0924u093eu0932u0915u094b u0928u093fu0930u094du092eu093eu0923u093eu0927u0940u0928 u092du0935u0928 u0964 u0924u0938u094du092cu093fu0930 : u092au094du0930u0915u093eu0936/u0915u093eu0928u094du0924u093fu092au0941u0930","photographer":"","alt_text":""}

    बागलुङ, १२ माघ– जिल्लाको गलकोट नगरपालिका वडा नं. ५ हरिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल बनाइने भएको छ । मापदण्ड पूरा गर्न नगरपालिकाले दरबन्दी पूरा गर्ने, आवश्यक पूर्वाधार र सामग्रीको जोहो गर्ने तयारी गरेको छ ।
    जग्गा अपुग भएकाले दुई रोपनी थप गर्न लागेको वडा नं. ५ का अध्यक्ष पवन हमालले बताइ । ‘पन्ध्र शैयाको अस्पताल बनाउने तयारीपछि संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता छ । कम्तीमा दुई चिकित्सकको व्यवस्थापन गरिएको छ । हाल दरबन्दीमा एक चिकित्सक मात्र छन्’, हमालले भने ।
    गलकोटको हरिचौर र वडा नं. ६ बाहेक ताराखोला गाउँपालिकालाई पायक पर्ने प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा स्तरोन्नति हुँदा नगरपालिकाका सबै सेवाग्राहीले सेवा लिनसक्ने छन् । नगरपालिकाले स्वास्थ्य मन्त्रालयलाई ‘ओएनएम’ सर्भे गरिदिन आग्रह गरेको छ ।
    नगर अस्पतालमा नियमित उपचारका साथै शल्यक्रिया सेवा पनि सञ्चालनमा छ । अस्पतालमा दैनिक ५० देखि ६० बिरामी उपचारका लागि आउने गर्छन् । ‘तीन वर्षअघि निर्णय भएपनि पूर्वाधार र जनशक्ति व्यवस्थापन गरेर बल्ल अस्पताल बनाउन लागेका छौँ’, नगरप्रमुख भरत शर्मा गैरेले भने ।
    नगरपालिकाले आन्तरिक स्रोतबाट जनशक्तिको व्यवस्थापन गरेको हो । अस्पताल बन्नका लागि १५ शैया, एक विशेषज्ञसहित तीन चिकित्सक लगायत स्वास्थ्यकर्मीको दरबन्दी चाहिन्छ । जनस्वास्थ्य निरीक्षक देवप्रकास घिमिरे फेयरमेड फाउण्डेसन र ग्रामीण स्वास्थ्य सुधार परियोजनाले उपकरणका लागि सहयोग गरेको बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend