९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
बागलुङमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान शुरु

संसदबाट स्थिर सरकार बन्नेमा आशंका : एमाले सचिव अर्याल


जनमञ्च संवाददाता
  • ११ फाल्गुन २०७९ , बिहिबार

  • संसदबाट स्थिर सरकार बन्नेमा आशंका : एमाले सचिव अर्याल

    बागलुङ, ११ फागुन– नेकपा एमालेकी सचिव पद्मा अर्यालले अहिलेको संसद असजिलो अबस्थामा रहेको बताएकी छन् । देशमा कुनैपनि भरपर्दो राजनीतिक शक्तिले बहुमत ल्याउन नसकेको भन्दै अर्यालले अहिलेको संसदबाट स्थिर सरकार बन्नेमा आशंका व्यक्त गरिन् ।
    पछिल्लो राजनीतिक परिस्थितीले एमालेका नेता कार्यकर्तामा उत्साहको वातावरण नरहेपनि आत्तिनुपर्ने र हतोत्साहित हुनुपर्ने अबस्था नरहेको उनको भनाई थियो । माओबादी केन्द्रको अस्थिर चरित्रले पछिल्लो राजनीतिक परिस्थिती सिर्जना भएको अर्यालले बताइन् ।
    नेकपा एमाले बागलुङले आयोजना गरेको ‘मिसन ग्रासरुट’ अभिमुखीकरण कार्यक्रमलाई बिहिबार बागलुङमा सम्बोधन गर्दै अर्यालले क्षणिक मुद्धा ल्याउने र समस्याको उजागर गरेर मात्रै छोड्ने तर समाधान खोज्न नसक्ने शक्तिहरु एकाएक उदाएकाले पनि अस्थिरता थप बढेको टिप्पणी गरिन् ।
    कार्यक्रममा नेकपा एमालेका संगठन बिभाग प्रमुख तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एमाले कार्यकर्तालाई कम्युनिष्ट कार्यकर्ताको व्यवहार गर्न आग्रह गरे । यात्रा समाजबादको गर्ने र चरित्र दलाल पुँजीबादको हुने वातावरणको अन्त्य गर्न नेता कार्यकर्तालाई अधिकारीको सुझाव थियो ।
    कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा बागलुङ जिल्लाका सह–इञ्चार्ज इन्द्रलाल सापकोटा, केन्द्रिय सदस्य थममाया थापालगायतले सम्बोधन गरेको कार्यक्रममा जिल्ला अध्यक्ष हिराबहादुर केसीले कार्ययोजना प्रस्तुत गरेका थिए ।
    नेकपा एमालेले संगठन सुदृढिकरण तथा विस्तार अभियानका लागि सञ्चालन गरेको मिसन ग्रासरुट अभियान बिहिबारदेखि बागलुङमा शुरु भएको छ । पार्टीको सिंगो पंक्तिलाई जोड्ने गरी सञ्चालन भएको अभियानमा जिल्लाका ८५ वटा वडामा २ सय ५० भन्दा बढी नेता कार्यकर्तालाई जिम्मेवारी दिइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend