९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमाले सरकारबाट बाहिरियो


जनमञ्च संवाददाता
  • १५ फाल्गुन २०७९ , सोमबार

  • एमाले सरकारबाट बाहिरियो

    काठमाडौं, १५ फागुन– नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टी मुख्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो । बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष विष्णु पौडेलले समसामयिक विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।
    एमालेले प्रचण्ड नेतृत्वमाथिको समर्थन पनि फिर्ता लिएको छ । सचिवालयको आकस्मिक बैठकपछि सरकारबाट बाहिरिने निर्णयसँगै समर्थन पनि फिर्ता लिएको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।
    उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालनामा प्रधानमन्त्री प्रचण्ड गम्भीर भएर नलागेको भन्दै बैठकले सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरेको बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend