बागलुङ, १९ फागुन– आसन्न स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनका लागि धौलागिरि बहुमुखी क्याम्पसमा १० वटा बिद्यार्थी संगठन दर्ता भएका छन् । शुक्रबार तोकिएको समयमा १० संगठन दर्ता भएको क्याम्पसका निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले बताए ।
क्रियाशिल संगठन थोरै भएपनि केही बिद्यार्थीले स्वतन्त्र वा अन्य गठबन्धन गर्नेगरी संस्था दर्ता गरेका छन् । न्यौपानेले दिएको जानकारी अनुसार दिनेश पन्त अध्यक्ष रहेको नेपाली कांग्रेस निकट नेविसंघ, अनिल शर्मा अध्यक्ष रहेको नेकपा एमाले निकट अनेरास्ववियु र खिमानन्त कंडेल अध्यक्ष रहेको माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी दर्ता भएको छ ।
त्यस्तै प्रदिप पुन रहेको अनेरास्ववियु छैंठौ, तस्लिमा मिया रहेको अनेरास्ववियु, हरिबहादुर भण्डारी रहेको राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन, सुजन सापकोटा रहेको संयुक्त बिद्यार्थी समूह, भुषण थापा रहेको अखिल संयुक्त प्यानल, दिवश खड्का रहेको अनरास्ववियु क्रान्तिकारी र सुधन बिक रहेको अनेरास्ववियु क्रान्तिकारी बिप्लब दर्ता भएका हुन् । स्ववियु चुनाव आगामी चैत ५ गते हुने कार्यतालिका छ