बागलुङ, २७ फागुन– नेकपा एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियान अन्तरगत शनिवार काठेखोला–७ रेशमा वडा कमिटीको बैठक सम्पन्न भएको छ ।
वैठकमा सम्बोधन गर्दै मिसन ग्रासरुट अभियानका प्रदेश प्रतिनिधी एवं नेकपा एमाले प्रदेश कमिटीका सदस्य हरिनारायण गौतमले पार्टी सुदृढीकरण तथा विस्तार अभियानका लागि एमालेले देशब्यापी रुपमा २ महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरिरहेको बताए ।
अभियानमा पार्टी कामको मुख्य केन्द्र वडा तह भएको बताउदै गौतमले एमालेलाई एकतावद्ध, सुदृढ र ब्यापक जनतामा आधारित पार्टी बनाउने उद्घोष गरे । उनले अभियानमा कार्यकर्तालाई बैचारिक प्रशिक्षण, कार्यकर्ताको चेतनास्तरमा वृद्धि, सुदृढ संगठन, सदस्यता नविकरण, टोल कमिटी गठन, विस्तार र पूर्नगठन, जनवर्गिय संगठनको निर्माण लगायतका गतिविधि सञ्चालन गरिने जानकारी दिए ।
प्रदेश कमिटी सदस्य हरिवहादुर कुँवरले ग्रासरुट अभियानको उदेश्य र औचित्यमाथि प्रकाश पार्दै २ महिने अभियानमा सहभागी हुन र सक्रियतापूर्वक लाग्न कमिटीका सदस्यहरुलाई निर्देशन दिनुभयो । जिल्ला कमिटीका सदस्य भक्त वहादुर कुँवरले अभियानमा जनवर्गिय संगठन परिचालनका वारेमा जोड दिएका थिए ।
वैठकले आगामी चैत १ गते वडास्तरीय प्रशिक्षणमूलक अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दै सो कार्यक्रममा पार्टीका वडा र टोल कमिटीका सदस्यहरु, जनवर्गिय संगठनका पदाधिकारी, वडाभित्रका माथिल्लो कमिटीका नेताहरु, पार्टीका संगठित सदस्यहरु सहभागी गराउने निर्णय गरेको वडा सचिव रामचन्द्र गौतमले जानकारी दिए ।