९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

नेविसंघले माग्यो क्याम्पस प्रमुखको राजिनामा


जनमञ्च संवाददाता
  • १ चैत्र २०७९ , बुधबार

  • नेविसंघले माग्यो क्याम्पस प्रमुखको राजिनामा

    बागलुङ, १ चैत्र– नेपाल विद्यार्थी संघ, धौलागिरी बहुमुखी इकाई समितिले क्याम्पस प्रमुखको राजीनामा माग गरेको छ । तोकिएको समयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गराउन नसेकेको भन्दै नेविसंघले क्याम्पस प्रमुखको राजिनामा माग गरेको हो ।
    बुधबार नेविसंघका नेताहरुले क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्यायको राजीनामा माग गर्दै ज्ञापन–पत्र बुझाएका छन् । इकाई सभापति दिनेश पन्तद्वारा हस्ताक्षर गरिएको ज्ञापन–पत्रमा बिभिन्न बहाना बनाई स्ववियु निर्वाचन नगरेको उल्लेख छ ।
    निर्वाचन हुन नसक्नुको जिम्मेबारी क्याम्पस प्रमुख लगायतले लिनुपर्ने र राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ । ज्ञापन–पत्रमा भनिएको छ ‘विभिन्न बहाना बनाई भाग्न खोजेमा निर्वाचन बनाउन नसक्नुको लिखित कारणसहित क्याम्पस प्रमुख लगायत जिम्मेवार व्यक्तिहरुले तुरुन्त राजीनामा दिनुपर्छ ।’ परीक्षालाई प्रभावित नपार्ने गरी तुरुन्त निर्वाचनको प्रक्रिया सुरु गर्न नेविसंघले माग गरेको छ । समय तालिकाअनुसार क्याम्पसमा निर्वाचन हुन नसक्दा निर्वाचन समितिको मात्र नभई क्याम्पस प्रशासनको नियत र क्षमतामाथी प्रश्न उब्जिएको नेविसंघको आरोप छ ।
    ज्ञापनपत्र बुझ्दै क्याम्पस प्रमुख प्रा.डा रामप्रसाद उपाध्यायले क्याम्पसमा निर्वाचन गराउन आफुहरु निरन्तर लागिपरेको बताए । आफुहरुले विद्यार्थीको चुनाव भएकोले बल प्रयोग नगरी विद्यार्थीको उल्लेखनीय सहभागितामा निर्वाचन गराउन छलफल भईरहेको बताए । उनले फागुन ५ गते निर्वाचन हुने भनिए पनि निर्वाचन सर्न सक्ने बताए । उनले चैत्र ९ गते या २२ गते निर्वाचन गर्नको लागि केन्द्रसँग अनुमति माग्ने बताए । आफुले राजीनामा दिँदैमा निकास ननिस्कने उल्लेख गर्दै राजीनामाको प्रक्रिया अघि बढाउँदा स्वविय निर्वाचन झनै अनिश्चित हुने उनले बताए ।
    मंगलबार मात्र स्ववियु निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले क्याम्पसमा भईरहेका विभिन्न घटनाले निर्वाचन गराउने वातावरण नरहेको उल्लेख गर्दै निर्वाचन अधिकृत पदबाट राजीनामा दिएका थिए । स्ववियु निर्वाचनको विषयलाई लिएर पछिल्लो समय क्याम्पसमा ताला लगाउने, प्राध्यापकहरु थुन्ने, ताला फोड्ने घटनाहरु भईरहेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend