९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

नागबेली झारले बजार पाएन


जनमञ्च संवाददाता
  • २ चैत्र २०७९ , बिहिबार

  • नागबेली झारले बजार पाएन

    पर्वत, २ फागुन– सामुदायिक वनमा प्रशस्त पाइने नागबेली झार बिक्री हुन छाडेपछि पर्वत विकट क्षेत्रका बासिन्दा निराश बनेका छन् । पर्वतको जलजला गाउँपालिकाको बनौ, लेखफाँट, शालिजा तथा मोदी गाउँपालिकाको भुकताङ्ले र क्याङमा नागबेली झार प्रशस्त मात्रामा पाइन्छ ।
    नागबेली झारबाट उत्पादित पाउडर विदेश निर्यात हुन थालेपछि उत्साहित बनेका उपभोक्ता पछिल्लो दुई वर्षयता विदेशी कम्पनीहरु सम्पर्कमा नआएपछि निराश बनेका छन् । उपयोगिता बुझ्दै गएपछि केही वर्ष सामुदायिक वनसँग आबद्ध उपभोक्ताहरुले सामूहिक रुपमा नागबेली संकलन गरी बिक्री गरेपनि आजकल बिक्री हुन छाडेको छ ।
    अहिले लाखौँ मूल्यको नागबेली झार वनमै कुहिएर जान थालेको मोदी गाउँपालिका वडा नं. ४ का कृषक नरसिंह पुनले बताए । नागबेली झारको कोसाबाट श्रृंगारका सामग्री बन्ने थाहा पाएपछि स्थानीयले चार वर्षसम्म राम्रो आम्दानी लिन सफल भएका थिए ।
    स्थानीय कमेरे तथा छहरे पाखा सामुदायिक वन उपभोक्ता समूह क्याङका सदस्य श्याम प्रकाश पुर्जाका अनुसार अहिले बिक्री हुन छाडेपछि संकलन गर्न पनि छाडिएको छ । विभिन्न देशमा निर्यात हुने नागबेली झारको कोसाबाट बन्ने पाउडरबाट कण्डम, ग्लोभ्स तथा ब्युटीपार्लरका सामग्री उत्पादन हुने भएकाले माग बढ्दै गएको थियो ।
    डिभिजन वन कार्यालय पर्वतका अनुसार पर्वतमा रहेको नागबेली झारबाट १० टनभन्दा बढी पाउडर उत्पादन गर्न सकिन्छ । सरकारले तोकेको न्यूनतम मूल्यमा उक्त पाउडर निकासी गर्न अनुमति प्रदान गरिएको भएपनि यसको माग आउन छाडेपछि संकलन कार्यसमेत रोकिएको डिभिजनल वन अधिकृत विष्णु अधिकारीले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend