काठमाडौं, ३ चैत्र– उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहायप्रसाद यादव विजयी बनेका छन् । उनले ३० हजार ३२८ मतभार प्राप्त गरेर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले १ सय ८४ संघीय सांसद र ३ सय २९ प्रदेशसभा सदस्यको मत प्राप्त गरे ।
नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले १६ हजार ३ सय २८ मतभार प्राप्त गरिन् । उनलाई १ सय ४ संघीय सांसद र १ सय ६९ प्रदेश सांसदले मतदान गरेका हुन् ।
जनमत पार्टीकी ममता झाले २ हजार ५ सय ३७ मत प्राप्त गरिन् । उनलाई १५ जना प्रदेशसभा सदस्य र २३ जना संघीय सांसदले मतदान गरे । मतदानमा ३ सय ११ संघीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।