९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

डिएमसीमा चैत्र १८ गते स्ववियु चुनाव हुने


जनमञ्च संवाददाता
  • ८ चैत्र २०७९ , बुधबार

  • डिएमसीमा चैत्र १८ गते स्ववियु चुनाव हुने

    बागलुङ, ८ चैत्र– धवलागिरी बहुमुखी क्याम्पस (डिएमसी) बागलुङमा चैत्र ५ गते स्थगित स्वतन्त्र विद्याथीृ युनियन (स्ववियू) को चुनाव चैत्र १८ गते हुने भएको छ ।
    क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरुको बैठकले चैत्र १८ गते निर्वाचन गर्ने र बिहिवार निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्यायले जानकारी दिए । उपाध्यायले ६ वटा विद्यार्थी संगठनको सहमतिमा उक्त निर्णय भएको र ४ विद्यार्थी संगठन बैठकको निर्णय नहुँदै बाहिरिएको जानकारी दिए ।
    त्रिभुवन बिश्व बिद्यालयले चैत्र ५ गतेका लागि तोकेको निर्वाचन मितिमा अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विभिन्न ४ विद्यार्थीले स्ववियु निर्वाचन कार्यालयमा तालबन्दी गरेका कारण स्थगित भएको थियो । उपाध्यायका अनुसार, निर्वाचन सम्बन्धीे निर्णय ६ विद्यार्थी संगठनको उपस्थितिमा भएको हो ।
    असन्तुष्ट ४ विद्यार्थी संगठनका मागलाई पनि क्याम्पस प्रशासनले सम्बोधन गरी सबैको सहमतिमा निर्वाचन हुने उपाध्यायको भनाई छ ।
    अखिल क्रान्तिकारीका गण्डकी प्रदेश उपाध्यक्ष जिवन शर्माले भने क्याम्पसमा यसअघि अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतले उठाएका माग सम्बोधन नभएपछि आफुहरु बैठकबाट बाहिरएको प्रतिक्रिया दिए । उनले आफुहरु बैठकमा नहुँदा भएको निर्णय मान्य नहुने बताएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend