९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

दीर्घरोगीलाई राहत : केन्द्रको बजेट पर्खिदै पर्वतका स्थानीय तह


जनमञ्च संवाददाता
  • १६ चैत्र २०७९ , बिहिबार

  • दीर्घरोगीलाई राहत : केन्द्रको बजेट पर्खिदै पर्वतका स्थानीय तह

    पर्वत, १६ चैत्र– मासिक रुपमा दीर्घरोगीलाई पाँच हजार रुपैयाँ राहत दिने सरकारी निर्णय स्थानीय तहले कार्यान्वयन नगर्दा पर्वतका लाभग्राही निराश बनेका छन् ।
    शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ भदौ २५ गते दीर्घरोगीलाई मासिक रूपमा पाँच हजार रकम दिने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७८ चैत २८ गते परिपत्र गर्दै कार्यविधि स्थानीय तहलाई पठाएको थियो ।
    सरकारले बजेटमै समावेश गरेर राहत उपलब्ध गराउने निर्णय गरेपनि स्थानीय तहले कार्यान्वयन नगर्दा दीर्घरोगी सुविधाबाट बञ्चित बनेका हुन् । प्रक्रिया पूरा गरेका बिरामीले राहत रकम पाउनुपर्ने भएपनि पैयँुबाहेक अन्य स्थानीय तहले वितरण गरेका छैनन् ।
    अधिकांश पालिकाले बजेट अभावका कारण राहत रकम वितरण नगरेको जनाएका छन् । कुश्मा नगरपालिकाले दीर्घरोगीको अभिलेख संकलन गरेपनि केन्द्रबाट रकम नआएसम्म उपचार खर्च वितरण गर्न नसकिने स्वास्थ्य शाखा संयोजक यामप्रसाद शर्माले बताए ।
    पैयुँ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवीप्रसाद भुर्तेलका अनुसार, पैयुँले दीर्घरोगीलाई पाँच हजारका दरले रकम उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाले गत असोज १ गतेदेखि रकम उपलब्ध गराउन थालेको हो । गाउँपालिकाले आन्तरिक रूपमा शोधभर्ना हुने गरी २० जना दीर्घरोगीलाई रकम उपलब्ध गराउँदै आएको छ ।
    पैयुँले गम्भीर बिरामीलाई उपचारमा समेत सहयोग गर्दै आएको छ । गाउँपालिकाले स्थायी रूपमा बसोबास गर्दै आएका मुटु, मिर्गौैला, क्यान्सर र पक्षघातका बिरामीलाई पालिका बाहिरीका स्वास्थ्य संस्थामा उपचार गराएको हकमा १० हजार दिने निर्णय गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend