बागलुङ, १६ चैत्र– चैते दशैंमा समेत बागलुङ बजार सुनसान भएकोमा व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । चैते दशैंको अबसरमा बागलुङ कालिका मन्दिर र मेलामा आएका दर्शक बागलुङ बजार प्रबेश नगरेकोमा उनीहरुले चिन्ता व्यक्त गरेका हुन् ।
कपडा तथा फेन्सी व्यवसायी समितिले चैते दशैंको अबसर पारेर आयोजना गरेको घैंटो फोर प्रतियोगितामा बोल्ने बक्ताहरुले बागलुङ बजारमा घट्दै गएको व्यवायप्रति सरोकारवालाले ध्यान दिनुपर्ने बताए ।
प्रतियोगिताको उद्घाटन गर्दै समाजसेवी देवबहादुर श्रेष्ठले चैते दशैंको इतिहाससँग बागलुङ बजार जोडिएको बताए । दशैंका बेला बागलुङ बजार सुनसान हुनुलाई सरोकारवालाले ध्यान दिनुपर्ने उनको धारणा थियो ।
बागलुङ बजारको धौलागिरी चोकमा गरिएको प्रतियोगितामा १ सय ३ जनाले सहभागिता जनाएका थिए । सहभागीमध्ये पुष्पा गुप्ताले घैंटो फुटाएका थिए । उनलाई नगद १ हजार ५ सय रुपैयाँ प्रदान गरिएको थियो । समितिका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत दलबहादुर कार्की र सञ्चालन प्रेमलाल गौतमले गरेका थिए ।