९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

कांग्रेस बागलुङको बीपी स्मृति भवन शिलान्यास


जनमञ्च संवाददाता
  • १६ चैत्र २०७९ , बिहिबार

  • कांग्रेस बागलुङको बीपी स्मृति भवन शिलान्यास

    बागलुङ, १६ चैत्र– नेपाली कांग्रेस बागलुङको बिहिबार कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले बीपी स्मृति भवनको शिलान्यास गरेका छन् । पाण्डेले भवनको शिलान्यास गर्दै भवन बनेर स्वाबलम्बी बनेझै कांग्रेस अब सँधै एकल निर्वाचन जित्ने बन्नुपर्ने बताए ।
    बानपा–३ को देउराली चोकमा कार्यकर्ताले दिएको जग्गामा चन्दा संकलन गरेर थप जमिन जोडेपछि भवन बनाउन लागेको पार्टी सभापति जितबहादुर शेरचनले बताए । ६ तले, लिफ्ट सहितको भवनमा कांग्रेस पार्टी कार्यालय र भातृसंगठनका कार्यालय तथा सभाहलसमेत बन्ने छ । उक्त भवन दुई बर्षभित्रै सक्ने गरी काम शुरु भएको शेरचनले जानकारी दिए ।
    गत बर्षको महाधिवेसनबाट निर्वाचित भएपछि शेरचनले भवन बनाउने पहिलो निर्णय गरेका थिए । स्थानीय कृष्णशंकर श्रेष्ठ, सहदेव राजभण्डारी, जयराम भारी लगायतका कार्यकर्ताले जग्गा दिएका थिए । भवन निर्माणका लागि पदाधिकारी, कार्यकर्ता र जनप्रतिनिधिले चन्दा दिएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend