९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

आमा समूहमार्फत कुपोषित र खोपबाट वञ्चित बालबालिका खोज्दै ढोनपा


जनमञ्च संवाददाता
  • २५ चैत्र २०७९ , शनिबार

  • आमा समूहमार्फत कुपोषित र खोपबाट वञ्चित बालबालिका खोज्दै ढोनपा

    बागलुङ, २५ चैत्र– जिल्लाको ढोरपाटन नगरपालिकाले पूर्ण खोपबाट वञ्चित र कुपोषित बालबालिकाको खोजी गर्न स्वास्थ्य आमा समूहमार्फत अभियान थालेको छ ।
    स्वास्थ्य आमा समूह गठन गरी बालबालिकालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन थालिएको हो । जनचेतना तथा अशिक्षाका कारण बालबालिका कुपोषित हुने र पूर्ण खोप नलगाएको पाइएपछि अभियान थालिएको स्वास्थ्य शाखा प्रमुख केशव थापाले जानकारी दिए ।
    स्वास्थ्य शाखाले स्वास्थ्यकर्मीसहित गाउँमै पुगेर स्वास्थ्य आमा समूहलाई स्वास्थ्य शिक्षा, पूर्ण खोपबारे जानकारी दिने र कुपोषित बच्चाको खोजी कार्य थालेको थापाको भनाई छ । थापाका अनुसार, दुर्गममा धेरै बालबालिका कुपोषित र पूर्ण खोप नलगाएका भेटिएका छन् ।
    ढोरपाटनमा गतवर्ष २९ जना र यो वर्ष १५ जना बालबालिकामा कुपोषणको समस्या देखिएको थियो । यसवर्ष वडा नम्बर २, ३, ४ र ६ मा कुपोषित र पूर्ण खोप नलगाएका बालबालिका भेट्यौँ, अझै पाँच वटा वडामा पुग्न बाँकी छ’ थापाले भने ।
    बालबालिका कुपोषित हुनबाट रोक्न तथा पूर्ण खोप लगाउन टोल टोलमा स्वास्थ्य आमा समूह गठन गर्ने र उनीहरुलाई खोप लगाउने समय, कुपोषित बच्चामा देखिने लक्षण र समयमै स्वास्थ्य संस्थामा लैजानुपर्ने विषयमा प्रशिक्षित गरिएको छ ।
    ‘खोजी अभियानबाट धेरै कुपोषित बालबालिका भेटिने आँकलन गरेका छौँ’ थापाले भने, ‘अभिभावक शिक्षित नभएसम्म कूपोषण र पुर्ण खोप अभियान सफल बनाउन सकिदैन ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend