९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एकैदिन १२४ जनामा कोरोना संक्रमण पुष्टि


जनमञ्च संवाददाता
  • २७ चैत्र २०७९ , सोमबार

  • एकैदिन १२४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं, २७ चैत्र– एकैदिन कोरोना संक्रमितको संख्या सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५ सय ६६ नमुनामध्‍ये ९ सय ३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र १ हजार ६ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जना गरी १ सय २४ जनामा कोरोना संक्रमण देखिएको हो ।
    यस्तै, कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । सोमबार २९ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।
    कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन सबैलाई आग्रह गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend