९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मलिकाका महिला अचार उद्योग चलाउन जुटे


जनमञ्च संवाददाता
  • ३० चैत्र २०७९ , बिहिबार

  • मलिकाका महिला अचार उद्योग चलाउन जुटे

    म्याग्दी, ३० चैत्र– मालिका गाउँपालिकाका एकल तथा फरक क्षमता भएका महिला अचार उद्योग स्थापना गरेर आयआर्जन गर्ने तयारीमा जुटेका छन् । गाउँपालिकाले महिलालाई अचार बनाउने तालिम दिएपछि उनीहरु अचार उत्पादन गर्न लागिपरेका हुन् ।
    तालिममा सहभागी २५ महिलालाई गाउँपालिकाले प्रतिव्यक्ति २६ हजारका दरले अनुदान दिएर अचार उद्योग सञ्चालनका लागि प्रेरित गरेको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिए । महिलाले वडा–वडामा उत्पादन गरेको अचार गाउँपालिकाले नै बजारीकरण गरिदिने उनको भनाई छ ।
    गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा ‘राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम’अन्तर्गत एकल र फरक क्षमता तथा कोभिड–१९ प्रभावित र हिंसापीडित महिलालाई अचार बनाउने तालिम दिइएको थियो ।
    आत्मनिर्भर बनाउने उद्देश्यले तालिम प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले बताइन् । आगामी आर्थिक वर्षका लागि वडास्तरबाटै सीपमूलक तालिम सञ्चालन गर्न आवश्यक योजना बनाएर बजेटसमेत विनियोजन गरिएको छ ।
    गाउँघरमा पाइने टमाटर, मुला, गाजर, गुन्द्रुक, भटमास, बन्दा, काउली, अमला, कागती लगायतको प्रयोग गरी अचार बनाउन थालिएको छ । मिलन म्याग्दीकी कार्यकारी निर्देशक दिलमाया विटालु होटल र रेष्टुरेन्टमा अन्यत्रबाट अचार खरिद गरी ल्याउनुपर्ने अवस्थाको अन्त्य गर्न अचार उद्योगले महत्वपूर्ण भुमिका खेल्ने बताउँछिन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend