९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

देवेन्द्र पौडेलको चुनाव खर्च १८ लाख ९० हजार


जनमञ्च संवाददाता
  • १२ बैशाख २०८० , मंगलबार

  • देवेन्द्र पौडेलको चुनाव खर्च १८ लाख ९० हजार

    बागलुङ, १२ बैशाख– प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले निर्वाचन खर्च सार्वजनिक गरेका छन् । बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित नेकपा माओवादी केन्द्रका नेता पौडेलले निर्वाचन प्रतिनिधी राजिव घिमिरेमार्फत १८ लाख ९० हजार रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका हुन् ।
    निर्वाचन प्रतिनिधि घिमिरेले निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र जिल्ला निर्वाचन कार्यालयमा विवरण बुझाउन निर्देशन दिएअनुसार निर्वाचन कार्यालयमा बुझाइएको र निर्वाचन आयोगले बैशाख १२ गतेभित्र विवरण सार्वजनिक गर्न निर्देशन दिएपछि सार्वजनिक गरिएको बताए ।
    विवरणअनुसार पौडेलले सबैभन्दा धेरै खर्च प्रचारप्रसार र खाना खाजामा गरेका छन् । प्रचारप्रसार र खाना खाजामा ४÷४ लाख खर्च भएको छ । गाडी, तेल र यातायात व्यवस्थापनमा ३ लाख, प्रतिनिधी परिचालनमा ३ लाख, कार्यालय व्यवस्थापन संचालनमा २ लाख ५० हजार, गोष्ठी अन्तरक्रिया कार्यक्रममा ९० हजार र सभा मञ्च व्यवस्थापनमा १ लाख ५० हजार गरि १८ लाख ९० हजार खर्च भएको घिमिरेले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend