९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

कोरोना संक्रमणबाट एकको निधन


जनमञ्च संवाददाता
  • १३ बैशाख २०८० , बुधबार

  • कोरोना संक्रमणबाट एकको निधन

    काठमाडौं, १३ बैशाख– कोरोना भाइरसको संक्रमणबाट बुधबार एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एक जना संक्रमितको उपचारको क्रममा निधन भएको हो ।
    यसैगरी बुधबार १ हजार ६ सय ३४ जनामा गरिएको परीक्षणमा ८२ जनामा संक्रमण देखिएको छ । सक्रिय संक्रमितको संख्या तीन सय ६१ पुगेको छ । उपचारपछि बुधबार ६५ जना घर फर्किएका छन् ।
    यस्तै, देशभरमा २९ जना आइसोलेसन, पाँच जना सघन उपचार कक्ष (आइसियु) र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ ।
    नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेका छ । शून्यमा झरेको संक्रमण नेपाल भारत खुला सिमानाका कारण फैलिएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend