९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

ढोरपाटनमा बँदेल सिकार : बोनसमा इच्छा, दस्तुरमा अनइच्छा


जनमञ्च संवाददाता
  • १६ बैशाख २०८० , शनिबार

  • ढोरपाटनमा बँदेल सिकार : बोनसमा इच्छा, दस्तुरमा अनइच्छा

    बागलुङ, १६ बैशाख– शिकारीको रोजाईमा पर्न नसक्दा ढोरपाटन सिकार आरक्षमा वैधानिक रुपमा अनुमति लिएर बँदेलको सिकार गर्न पाइने भएपनि पछिल्लो पाँच वर्षमा बँदेलको सिकार हुनसकेको छैन ।
    ढोरपाटनमा आर्थिक वर्ष २०७३÷७४ पछि बँदेलको सिकार हुन नसकेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए । ढोरपाटनमा हरेक वर्ष नाउर, झारल, रतुवा र मृगको सिकार हुँदै आएको छ ।
    ढोरपाटनमा गत आर्थिक वर्षदेखि नाउर र झारलको सिकार गरे पनि बोनसको रूपमा बँदेलको सिकार गर्न रोक लगाएर छुट्टै अनुमति लिनुपर्ने व्यवस्था गरिएको हो । यस वर्षको दोस्रो सिजनमा ११ बँदेलको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिए पनि बँदेलको सिकारका लागि सिकारीले इच्छा नदेखाएको कँडलले बताए ।
    ‘अघिल्लो याम बोलपत्र स्वीकृत भएपनि बँदेल सिकारका लागि सिकारी आएनन्’, कँडेलले भने, ‘यस वर्ष बोलपत्र स्वीकृत नभएपछि सिकारी यस याममा पनि नआउने निश्चित देखिन्छ ।’ बँदेल सिकार रातीमा उत्तम रहेकाले पनि सिकारीले इच्छा नदेखाएको हुनसक्ने प्रमुख संरक्षण अधिकृत कँडेलको भनाई छ ।
    पहिले नाउर र झारलको सिकार गरेवापत बोनसका रूपमा रतुवा र बँदेल एक÷एक वटा सिकार गर्न दिइने गरेपनि अहिले त्यसको व्यवस्था नभएको हिमालयन आउट फिटर्सका सञ्चालक अतुल खड्काले बताए । ‘अहिले बँदेलको सिकारका लागि बोलपत्रमार्फत स्वीकृत हुनुपर्ने भएकाले सिकारीले इच्छा नदेखाएका हुन्’ खड्काले भने ।
    सञ्चालक खड्काले नेपालीका लागि सिकार गर्न विभागले सहज वातावरण बनाइदिनुपर्ने बताए । प्रक्रिया नबुझेर पनि नेपाली सिकारीले इच्छा नदेखिएको बताउँदै खड्काले प्रक्रियाबारे विभागले जानकारी दिनुपर्ने बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend