९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

चिकित्सकको परामर्श शुल्क १४ प्रतिशतले बढ्यो


जनमञ्च संवाददाता
  • १ जेष्ठ २०८० , सोमबार

  • चिकित्सकको परामर्श शुल्क १४ प्रतिशतले बढ्यो

    काठमाडौं, १ जेठ– नेपाल चिकित्सक संघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपालले सोमबारदेखि लागू हुनेगरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ ।
    संघका महासचिव डा. सञ्जीव तिवारीले सोमबारदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको तुलनामा १४ प्रतिशत बढाइएको जानकारी दिए ।
    संघले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेल सम्मका लागि बहिरंग सेवा शुल्क शुल्क बढाइएको हो ।
    सरोकारवाला निकायको परामर्शका आधारमा शुल्क तोक्न सक्ने अख्तियारीलाई मुख्य आधार बनाई नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क बढाइएको तिवारीले बताए ।
    महासचिव तिवारीका अनुसार चिकित्सकको नयाँ परामर्श शुल्क चार सय २० देखि नौ सय ४० सम्म तोकिएको छ । नयाँ शुल्कअनुसार पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीए तथा बीडीएस तहका चिकित्सकको शुल्क ४ सय २० र पाँच वर्षभन्दा बढी अनुभव भएकाको ५ सय १५ परामर्श शुल्क तोकिएको छ ।
    यस्तै, पाँच वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको ५ सय ९० र त्योभन्दा बढी छ भने ६ सय ७० तथा पाँच वर्षसम्मको अनुभव भएका एमडी, एमएस, एमडीएस तहका चिकित्सकले ७ सय ५० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ८ सय रुपैयाँ परामर्श शुल्क लिन पाउने गरी शुल्क तोकिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend