प्रतिकात्मक तस्बिर
बागलुङ, २२ जेठ– बजार अनुगमन गर्दा प्रशासनले दक्षिण बागलुङको बरेङमा म्याद नाघेका खाद्यबस्तु भेटाएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको टोलीले गरेको अनुगमनमा बरेङ १ र २ को धुल्लुबास्कोट र बरेङडाँडामा ती सामाग्री भेटिएको हो । शनिबार भएको अनुगमनमा यहाँको सातदोबाटो, ग्यालथुम्का, भाटीबजार, बरेङबजार लगाएतका स्थानमा अखाद्य बस्तुसमेत भेटिएको बरालले जानकारी दिए ।
किराना पसल, होटल, रेष्टुरेन्ट, मेडिकल र साना उद्योगहरुमा अनुगमन गर्दा ११ वटा खाद्य तथा किराना पसलबाट म्याद नाघेका बस्तुहरु फेला परेकोले म्याद गुर्जेका खाद्य वस्तुहरु बरेङ गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक दिलिप कुमार पुनको रोहवरमा ठुलोडाँडास्थित सार्वजनिक स्थलमा जलाई नष्ट गरिएको हो ।
त्यस्तै म्याद गुर्जेका खाद्य वस्तुहरु कुरकुरे ४९ पोका खाने तेल ९१ पोका, सुजी ३८ पोका, आलु चिप्स १३ पोका, मःम मसला ८ पोका, भुजा २६ पोका, वेसन २३ पोका, पापड १ पोका, भेनेगर १ बोटल, क्रयाकर चिप्स ३९ पोका, फुरन दाना १० पोका, बिस्कोट ७ पोका, लालि पिरो चाउचाउ २० पोका, दालमोट १ पोका र काजु ३ पोका नष्ट गरिएको छ ।
कतिपय व्यवसायीलाइ प्रक्रिया पु¥याएर तथा खाद्यबस्तुको गुणस्तर र मिति हेरेर मात्र व्यापार गर्न चेतावनी दिइएको हो । बरेङ बजारमा दर्ता र पसलको होडिङ बोर्ड बिना सञ्चालनमा रहेका धेरै पसलहरु भेटिएको थियो ।