९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेटको च्याम्पियन


जनमञ्च संवाददाता
  • १९ असार २०८० , मंगलबार

  • नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेटको च्याम्पियन
    KUALA LUMPUR,MALAYSIA - JULY 04: Images from the ACC Men's U16 East Zone Cup 2023 final match between Nepal and Malaysia at the YSD UKM Oval in Malaysia on the 04th July 2023. Photo by Peter Lim / PhotoDesk.com.my for Asian Cricket Council

    काठमाडौं, १९ असार– नेपालले एसिसी यू–१६ पूर्वी क्षेत्रिय कप क्रिकेटको च्याम्पियन बनेको छ । नेपालले फाइनल खेलमा मलेसियालाई दुई सय २१ रनले हराउँदै उपाधि जितेको हो । नेपालले लगातार तेस्रो पटक उक्त उपाधि जितेको हो । नेपालले यसअघि सन् २०१७ मा सिङ्गापुरलाई तथा सन् २०१९ मा मलेसियालाई हराउँदै उपाधि जितेको थियो ।
    मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै नेपालले निर्धारित ३५ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ५२ रन बनायो । दुई सय ५३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा मलेसियाको पारी १४ दशमलव पाँच ओभरमा ३१ रनमै समेटियो । मलेसियाका लागि मोहम्मद अक्रमले १० रनाए । अन्य खेलाडीले दोहरो अङ्कको रन बटुल्न सकेनन् ।
    बलिङतर्फ नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा एक मेडन राख्दै सात रन दिएर पाँच विकेट लिए । यस्तै सन्तोष यादवले तीन तथा सागर गैरेले एक विकेट लिए ।
    यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि नरेन भट्टले शतकीय पारी खेले । उनले ८९ बल खेल्दै दुई छक्का र १० चौकाको मद्दतमा अविजित एक सय १२ रन बनाए । यस्तै नीरज यादवले ४७, सुर्यांशु कोइरालाले १८, सन्तोष यादवले २६ र अशोक धामीले ११ रन बनाए ।
    बलिङतर्फ मलेसियाका मोहम्मद अक्रमले तीन तथा आरिन एक्विल र मुहम्मद फदुल मुइनले एक÷एक विकेट लिए । सोमबार नेपालले सिङ्गापुरलाई तथा मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए । प्रतियोगितामा नेपालसँगै मलेसिया, सिङ्गापुर, हङकङ, मालदिभ्स, इन्डोनेसिया र थाइलैण्ड सहभागी थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend