९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बागलुङ नगरका स्वास्थ्य संस्थालाई पेपरलेस बनाइने


जनमञ्च संवाददाता
  • २० असार २०८० , बुधबार

  • बागलुङ नगरका स्वास्थ्य संस्थालाई पेपरलेस बनाइने

    बागलुङ, २० असार– ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाबाट औषधि सकिएर माग गर्नेदेखि व्यवस्थापकीय कामको लागि माग फारम भरेर नगरपालिकाको कार्यालय आउँदा स्वास्थ्यकर्मीलाई एक दिन लाग्छ ।
    माग गरेको सामान तत्काल नभएमा ती स्वास्थ्यकर्मी फर्केर जाने र फेरी सामान आएपछि लिन आउने क्रम दोहोरिन्छ । यसरी आउने जाने गर्दा समय र आर्थिक खर्च बढी हुन्छ । यस्ता प्रकारका खर्च जोगाउन बागलुङ नगरपालिकाले सबै स्वास्थ्य संस्थालाई पेपरलेस बनाउने भएको छ ।
    औषधी खरिद तथा माग गर्नेदेखि व्यवस्थापकीय क्षेत्रका सबै काममा पेपर प्रयोगबिहिन बनाउने लक्षले सबै स्वास्थ्य संस्थामा प्रविधिको प्रयोग गर्ने काम शुरु भएको हो । नगरपालिका भित्रका १० वटा स्वास्थ्यचौकी, एक नगर अस्पताल, ३ वटा सामुदायिक स्वास्थ्य इकाइ र एक मातृसेवा केन्द्रमा समेत प्रविधिबाटै काम गर्ने व्यवस्था भएको हो ।
    मासिक प्रगती प्रतिवेदन लगायतका सबै काम अब प्रविधिमा आधारित हुने भएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । त्यसका लागि सबै स्वास्थ्य संस्थाका प्रमुखलाई डाटा इन्ट्री गर्न अनलाइन बिधि सिकाइएको हो ।
    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय इएलएमएस प्रविधि संयोजक सुस्मिता सुवेदीले स्वास्थ्यकर्मीका लागि तालिम दिएकी थिइन् । असार १७ देखि १९ गतेसम्म तीन दिन संचालित तालिमबाट स्वास्थ्यकर्मीले पेपरलेस अभियानको थालनी गर्ने बताए । कार्यक्रममा सहभागि स्वास्थ्यकर्मीले मंगलबारदेखि प्रविधिको प्रयोग गर्न थालिसकेको अनुभव सुनाएका थिए ।
    तीन दिने तालिमको समापनको अबसरमा सहभागिलाई प्रमाणपत्र बितरण गर्दै नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भौगोलिक कठिनाइलाई चिरेर छिटोछरितो र पारदर्शी काम गर्न अनलाइन विधि प्रभावकारी हुने बताए । उनले अब समयमै अनलाइन फाराम भर्ने, औषधि लगायतको माग अनलाइनबाटै गर्ने र समयमा सबै स्वास्थ्य संस्थामा औषधि पठाउने व्यवस्था हुने बताए ।
    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले अब माग फारम भरेर गाउँका स्वास्थ्यचौकीदेखि कुनैपनि कर्मचारी बजार आउन नपर्ने पद्दती विकास भएको बताए । उनले समयसँगै सामाग्रीको पनि बचत भएको भन्दै तालिमलाई सदुपयोग गर्न पनि आग्रह गरे ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend