बागलुङ, २८ असार– कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङले आफ्नो १६ औँ स्थापना दिवसका अवसरमा समाजसेवी देबबहादुर श्रेष्ठ र पत्रकार कोपिला कँडेललाई सम्मान गरेको छ ।
श्रेष्ठ र कँडेललाई उद्योग बाणिज्य महासघंका केन्द्रिय सदस्य युवराज राजभण्डारी र कपडा तथा फेन्सी व्यवसायी समितिका अध्यक्ष रामचन्द्र शर्माले संयुक्त रुपमा सम्मान पत्रसहित दोशल्ला ओढाएर सम्मान गरेका थिए ।
बिभिन्न क्षेत्रमा रहेर समाजसेवामा योगदान गर्ने श्रेष्ठ र रेडियो नेपाल, धौलागिरी एफएम र धौलागिरी टेलिभिजन लगायतका संचारमाध्यमबाट पत्रकारितामा योगदान पु¥याएको भन्दै पत्रकार कँडेललाई सम्मान गरिएको कपडा तथा फेन्सी व्यवसायी समितिका अध्यक्ष शर्माले बताए ।
सो अवसरमा बोल्दै उद्योग बाणिज्य महासघंका केन्द्रिय सदस्य युवराज राजभण्डारीले पछिल्लो समयमा व्यापार व्यवसायमा परेको वित्तिय संकटमा उद्योगी व्यवसायीले बचेर काम गर्नुपर्ने बताए । मुलुकमा देखापरेको आर्थिक संकट कम हुंदै जाने भन्दै राजभण्डारीले कठिन परिस्थितीको समधान सबैले मिलेर गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सम्मानित व्यक्तित्व देवबहादुर श्रेष्ठ र कोपिला कँडेल, उद्योग बाणिज्य सघंका गण्डकी प्रदेश सदस्य दयाराम पौडेल, उद्योग बाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्य र राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्मानित व्यक्तित्वबारे कपडा तथा फेन्सी व्याव्सायी समितिका द्धितिय उपाध्यक्ष गोबिन्द सुबेदीले बताउनुभएको थियो । कार्यक्रममा समिति बागलुङका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता, उपाध्यक्ष दलबहादुर कार्की डिबीको स्वागत मन्तव्य र सचिव प्रेमलाल गौतमको संचालनमा सम्पन्न भएको थियो ।
यसैबीच, कपडा तथा फेन्सी व्यव्सायी समितिले १६ औँ स्थापना दिवसका अवसरमा बा.न.पा. ९ सालबोटस्थित सिवालय मन्दिर परिसरमा बृक्षारोपण गरेको छ । मन्दिर परिसरमा बेलपत्र, तुलसी, काप्रो रुद्राक्ष लगायतका करिब १ सय वटा बिरुवा रोपेको समितिका कानुनी सल्लाहकार गोबिन्द ओझाले जानकारी दिए ।