९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

भ्रष्टाचारविरुद्ध काम गर्दा कसैको दबावमा पर्दैनौ : पूर्व मन्त्री पौडेल


जनमञ्च संवाददाता
  • ६ साउन २०८० , शनिबार

  • भ्रष्टाचारविरुद्ध काम गर्दा कसैको दबावमा पर्दैनौ : पूर्व मन्त्री पौडेल

    बागलुङ, ६ साउन– माओवादीका केन्द्रीय सचिव तथा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले वर्तमान सरकराले भ्रष्ट्राचार बिरुद्दको अभियान थालेको बताएका छन् । उनले कसैको दबावमा नपरी काम गरेको भन्दै वर्तमान सरकार आएपछि भ्रष्टाचारी र सुदखोरीहरु डराएको बताए ।
    उनले सरकारले सुशासनको एजेण्डा बोकेपछि आर्थिक चलखेल गर्ने र कानूनको छिद्र खोजेर अनियमितता गर्नेहरुले सरकार बिरुद्धको आबाज उठाएको पनि बताए । उनीहरुको उक्साहटमा लागेर केही राजनीतिक दलका नेता कार्यकर्ताले पनि सरकार विरोधी धारणा बनाएको बताए ।
    उनले अहिलेसम्म संस्थागत रुपमा कुनैपनि दलले सरकार बिरुद्धको अभियान नचलाएको बताए । ‘एकादुइ जनाले कतै व्यक्तिगत बोले पनि संस्थागत रुपमा यो गठबन्धनबिरुद्ध पनि आबाज आएको छैन’ उनले भने, ‘सरकारले भ्रष्टाचारबिरुद्ध अभियान चलाएको कसैलाई मन नपरेको हुन सक्छ ।’ तर, संस्थागत रुपमा कसैले सरकारको बिरो गरेमा पनि केही फरक नपर्ने उनले बताए ।
    प्रेस सेन्टर नेपाल, बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनको क्रममा बोल्दै पौडेलले लामो समय अलपत्र परेका शिक्षा ऐन, संघिय निजामती ऐन लगायतका कानून आउने बताए । मिटर व्याजी बिरुद्धको बिधेयक पास भएको र अन्य धेरै समस्याका समाधानमा सरकारले काम गरेको बताए ।
    उनले हाल जिल्लामा बल्झेको इमेज सहकारी र शिवशिखर सहकारीको समस्या समाधानमा प्रशासन, राजनीतिक दल र जनप्रतिनिधिले साथ दिने बताए । उनले उजुरी नपरुन्जेल ढीला भएपनि अब भने प्रशासन पनि तातेर जनताको पैसा हिनमिना हुन नदिनेमा पुगेको बताए । ‘हामीले भनेका छौं, प्रशासन पनि तातेको छ’ उनले भने, ‘पीडितको उजुरी ढीला आएकोले कतिपय अनुसन्धान, पक्राउ पुर्जी जारी लगायतका काम ढीला भएको रहेछ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend