९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

जैमिनीमा लक्ष्यभन्दा बढी राजश्व संकलन


जनमञ्च संवाददाता
  • १४ साउन २०८० , आइतबार

  • जैमिनीमा लक्ष्यभन्दा बढी राजश्व संकलन

    बागलुङ, १४ साउन– जैमिनी नगरपालिकाले आर्थिक बर्ष २०७८/७९ मा लक्ष्यभन्दा बढि राजश्व संकलन गरेको छ । पालिकाले आर्थिक बर्ष २०७८/७९ मा ९० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा १ करोड १३ लाख ३ हजार ५ सय २३ रुपैयाँ राजश्व संकलन गरेको छ ।
    यो लक्ष्यभन्दा २३ लाख ३ हजार ५ सय २३ रुपैयाँले बढि हो । पालिकाले बहाल करबाट ६२ लाख १५ हजार ५ सय ६९, सिफारिस र नाता प्रमाणित प्रमाण–पत्रबापत १५ लाख ६२ हजार ३ सय ७०, व्यवसाय दर्ता र नविकरणबापत ८ लाख १० हजार २ सय १४, व्यक्तिगत घट्ना दर्ताबापत ६ लाख ५९ हजार ९ सय ४६, भूमि तथा मालपोतबापत ५ लाख ४२ हजार ६ सय २१, सम्पति करबापत नक्सा पासबापत २२ हजार ८ सय ८७ रुपैयाँ संकलन गरेको नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।
    यस्तै, भूमि तथा मालपोतबापत ५ लाख ४२ हजार ६ सय २१, सम्पत्ति करबापत २ लाख ४० हजार ८ सय २१, घर बहाल करबापत ३ लाख ६७ हजार ६ सय ३९, अन्य सेवा शुल्कबापत ८ लाख ७१ हजार १ सय ६५, परीक्षा दस्तुरबापत ४० हजार ३ सय रुपैयाँ राजश्व संकलन भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend