९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

आईफ्लुका बिरामी बढे


जनमञ्च संवाददाता
  • ४ भाद्र २०८० , सोमबार

  • आईफ्लुका बिरामी बढे

    बागलुङ, ४ भदौ– थोरै बिरामी आउने हुँदा बागलुङ नगरपालिका–४ को उपल्लाचौरमा रहेको धौलागिरि आँखा अस्पताल सुनसान जस्तै देखिन्थ्यो । मासिक एकपटक शिविर हुन्थ्यो । त्यो बेला आँखाको समस्या हुनेहरु परीक्षणका लागि पुग्थे ।
    नेपाल नेत्रज्योती संघले संचालन गरेको अस्पतालमा डाक्टर ल्याएर अपरेशनसमेत गराउने व्यवस्था गरेपछि केही संख्या बढेपनि धेरै बिरामी थेग्नुपरेको थिएन । तर साउन लागेपछि आँखा अस्पतालमा एकाएक बिरामी संख्या बढ्यो । यो क्रमले आँखा पाक्ने समस्याले बागलुङका बिद्यालय एक साता बन्द भए । बालबालिकाको आँखा पाकेपछि बिद्यालय जान सकेनन् । गएका बिद्यार्थीलाई पनि सर्ने खतरा भएपछि नगरपालिकाले सूचना जारी गरेर बिद्यालय बन्द गर्न आग्रह ग¥यो ।
    बिद्यालय त खुलेका छन् तर अझैपनि आँखा अस्पतालमा बिरामीको संख्या घटी सकेको छैन । साउनअघि दैनिक २० देखि २५ जना मात्रै आउने अस्पतालमा अहिले ९० देखि १ सय जनासम्म पनि बिरामी आएका छन् । उनीहरुको उपचारका कारण अस्पतालका स्वास्थ्यकर्मीलाई भ्याइनभ्याइ भएको छ । उनीहरुले नियमित समयबाहेक इमरजेन्सी समयमा पनि उपचार गर्न बाध्य भएका छन् ।
    कार्यालय समयमा दैनिक ८० जनासम्म बिरामी आएकोमा बिहान बेलुकी गर्दा १ सय जनासम्म बिरामी पुग्ने गरेको अस्पतालकी नेत्र सहायक सीता केसीले बताइन् । आँखाका बिरामी भएकोले सिधा सम्पर्कबाट पनि सर्न सक्ने भएकोले स्वास्थ्यकर्मीले समेत निकै सर्तकताका साथ परीक्षण गर्ने र उपचार गराउने काम गरेको उनको अनुभव छ ।
    अस्पतालमा आउने बिरामीको उपचार मात्र नभइ औषधी बितरणमा पनि होसियाली अपनाउनु परेको ओटी सहायक रोहीणी चालिसेलेको अनुभव छ । उनका अनुसार साउनको अन्तिम साता सबैभन्दा बढी बिरामी आएका थिए भने भदौ लागेपछि केही कम भएका छन् । तर अझै तत्काल बिरामी घटीहाल्ने अबस्था नभएको उनले बताइन् । आँखा पाक्ने रोगका कारण बागलुङ नगरपालिकाले एकसाता बिद्यालय बन्द गरेको थियो । बन्द भएको अबस्थाले संक्रमण फैलनबाट जोगाउन सकिएको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।
    अस्पतालकै नेत्र सहायकका अनुसार अस्पतालमा आउने अधिकांस बिरामी बालबालिका थिए । ठूला मानिसमापनि समस्या भने देखिएको हो । कतिपयले घरमै बसेर उपचार गरेकोले अस्पताल नपुगेको स्वास्थ्यकर्मीको अनुभव छ । नेत्र सहायक सरिता शर्माका अनुसार भाइरसजन्य प्रकोप भएकोले सिधा सम्पर्कबाट पनि सर्ने खतरा हुने गर्छ । त्यसैले अधिकांसलाई चस्मा लगाउन सुझाइएको थियो । साथै धेरै मासिनको सम्पर्कमा पनि नजान भनिएको उनले बताइन् ।
    प्रकोपको रुपमा आएकोले यो समयमा बिरामीका आँखा पाक्ने, ज्वरोसमेत आउने र शरीर पनि दुख्ने भएको हो । अस्पतालको रेकर्डमा बिद्यालय बन्द भएको समय साउन २५ गते नियमिततर्फ ८७ बिरामी आएका थिए । साउन २६ गते ८५ जना, २८ गते ७८, २९ गते ६७ र ३० गते ७३ जना बिरामी आएका थिए । भदौ १ गते शुक्रवार ४३ जना र आइतबार ७० जना बिरामीको उपचार भएको हो । ती बाहेक इमरजेन्सीमा साउनमा मात्रै १ सय ४९ जना थप बिरामी आएको तथ्यांकले एक महिना भित्र २ हजार बढी बिरामीले उपचार गरेको रेकर्ड कायम भएको हो ।
    कतिपयले धौलागिरि अस्पतालमा परीक्षणपछि पोखरास्थित हिमालय आँखा अस्पताल पनि गएका थिए । उनीहरुको तथ्यांक यहाँ रेकर्ड छैन । अस्पतालले हिमालय आँखा अस्पतालको सहकार्यमा महिनाको एक वा दुइ दिन अपरेशन सेवा दिने गरेको छ । त्यतिबेला मासिक ३५ जना सम्मको आँखाको अपरेशन बागलुङमै हुने गरेको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend