९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बागलुङ दुग्ध उत्पादक संघको अध्यक्षमा गौतम चयन


जनमञ्च संवाददाता
  • ९ असोज २०८० , मंगलबार

  • बागलुङ दुग्ध उत्पादक संघको अध्यक्षमा गौतम चयन

    बागलुङ, ९ असोज– बागलुङ दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा दिपक गौतम सर्वसम्मत चयन भएका छन् । सोमबार सम्पन्न २२ औं साधारणसभाले गौतमलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
    संघको उपाध्यक्षमा रामबहादुर हमाल चयन भएका छन् । यसअघि सचिव रहेका हमाल उपाध्यक्षमा चयन भएका हुन् । यसअघिको कार्यकालमा सञ्चालक सदस्य रहेका गोविन्द प्रसाद सापकोटा सचिवमा चयन भएका छन् । संघको सहसचिवमा कमल प्रसाद शर्मा र कोषाध्यक्षमा केशव प्रसाद कँडेल चयन भएको निर्वाचन समितिका संयोजक रामबहादुर जिसीले जानकारी दिए ।
    संघको सञ्चालक सदस्यहरुमा गीता सुवेदी, बालानन्द कँडेल, नारायण प्रसाद गैरे, गुणाखर कँडेल, लेखा समितिको संयोजकमा मणिभद्र कँडेल र सदस्यहरुमा गोविन्द बहादुर खड्का र राम प्रसाद कँडेल चयन भएको जिसीले बताए ।
    बागलुङ बहुउद्धेश्यीय सहकारीद्वारा संस्थाका समस्याबारे छलफल
    बागलुङ बहुउद्धेश्यीय सहकारी संस्थाले सहकारीका समस्याबारे छलफल गरेको छ । राष्ट्रिय सहकारी बैंकका ‘केयर ट्रेनर’ सहितको बैठक बसेर सहकारीले बचत संकलन, कर्जा प्रवाह र भुक्तानी लगायतका बिषयमा छलफल थालेको हो ।
    राष्ट्रिय सहकारी बैंकका ‘केयर ट्रेनर’ नवकुमार अधिकारीको उपस्थितीमा बैठक बसेर सहकारीका समस्या पहिचान र समाधानको उपायको खोजी थालिएको अध्यक्ष आशोक गोविन्द राजभण्डारीले बताए ।
    बागलुङ बहुउद्देश्यीय सहकारीका शेयर सदस्यहरुला निश्चिन्त भएर सहकारीमा कारोवार गर्न प्रोत्साहित गर्नका लागि सहकारीले छलफल थालेको हो । बैठकमा अधिकारीले सहकारी क्षेत्रको वर्तमान अवस्थाको बारेमा सल्लाह दिँदै चुनौती र समस्याहरुको विस्तृत रुपमा जानकारी गराएका थिए ।
    बागलुङ बहुउद्धेश्यीय सहकारी संस्थाको कोष मजबुत रहेकाले कुनै पनि संकटले सहकारीलाई समस्या नपार्ने भन्दै उनले कर्जा असुलीमा जोड दिनुपर्ने सुझाव दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend