९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

गण्डकी अधिवेशनका लागि बागलुङबाट प्रतिनिधि सर्वसम्मत (नामावलीसहित)


जनमञ्च संवाददाता
  • ९ असोज २०८० , मंगलबार

  • गण्डकी अधिवेशनका लागि बागलुङबाट प्रतिनिधि सर्वसम्मत (नामावलीसहित)

    बागलुङ, ९ असोज– आगामी असोज १५ देखि १६ गते पोखरामा शुरु हुने नेकपा एमालेको गण्डकी प्रदेशको प्रथम अधिवेशनका लागि बागलुङका सबै स्थानीय तहबाट सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएका छन् ।
    दश पालिका रहेको बागलुङमा एमालेले प्रदेश अधिवेशनका लागि सबै प्रतिनिधि सर्वसम्मत चयन गरेको कार्यालय सचिव अमर थापाले जानकारी दिए । थापाका अनुसार एमाले बागलुङबाट अधिवेशनमा ७० जना प्रतिनिधि सहभागी हुनेछन् ।
    अधिवेशनमा बागलुङ नगरपालिकाबाट सबैभन्दा धेरै १६ प्रतिनिधि र सबैभन्दा थोरै ताराखोला र तमाखोला गाउँपालिकाबाट ३÷३ जना सहभागी हुने छन् । एमाले बागलुङका कार्यालय सचिव थापाका अनुसार, बरेङ गाउँपालिकाबाट खुल्लातर्फ प्रदिप थापा मगर, झोम बहादुर थापा, शेर बहादुर खनाल, महिलातर्फ शोभा थापा र दलित समुदायको तर्फबाट ओम बहादुर नेपाली प्रतिनिधि चयन भएका छन् ।
    गल्कोट नगरपालिकाबाट महिलातर्फ मन्जु शर्मा चालिसे, दलित पुरुषतर्फ बाबुराम नेपाली, दलित महिलातर्फ मणिकर्ण परियार, खुल्लातर्फ तिलक उप्रेती र डम्बर बहादुर श्रीस, ताराखोलाबाट ऋषिराम रोका, हरिकला धर्ति, खरिमया बिक सर्वसम्मत रुपमा चयन भएका छन् ।
    यस्तै, जैमिनी नगरपालिकाबाट खुल्लाबाट लिला राना, संजाल शर्मा (कृष्ण), देवेन्द्र रेग्मी, बद्री ढुंगाना, महिलातर्फ उषा पौडेल, दलित पुरुषबाट डम्बरबहादुर सार्की र दलित महिलाबाट देवी नेपाली चयन भएका छन् भने बडिगाडबाट खुल्लातर्फ शुनिल सेरचन, तिर्थमणी भुसाल, बसन्त थापा, दलिततर्फ लक्ष्मण बराल, महिलातर्फ, मिना रायमाझी र बिष्णु माया अर्याल चयन भएका छन् ।
    निसीखोला महिलातर्फ भोटु कुमारी चन्द, दलिततर्फ राम बहादुर बिक, खुल्ला तर्फबाट अमरसिंह घर्ती र रुद्र प्रसाड पौडेल, तमानखोलाबाट खुल्ला पुरूषतर्फ उदिम बहादुर छन्त्याल, महिलाबाट ललिता छन्त्याल र दलितबाट ओमबहादुर श्रीपाली, ढोरपाटन नगरपालिकाबाट दलितबाट महिला जुना सुनार, पुरुषतर्फ बिर बहादुर बिश्वकर्मा, खुला महिलाबाट करमती पुन, खुल्ला पुरुषबाट टँक पौडेल, लक्ष्मण पुन र रम प्रसाद आचार्य अधिवेशनका लागि प्रतिनिधि चयन भएका छन् ।
    यसैगरी, बाग्लुङ नगरपालिकाबाट खुला पुरुषतर्फ कुमार खडका, कृष्ण पाठक, जनकराज पौडेल, ध्रुव बहादुर केसी, नरबहादुर थापा, राम बहादुर जिसी, शिव प्रसाद सापकोटा, सन्जय कुमार श्रेष्ठ, खुला महिलातर्फ गिता शर्मा, ममतादेवी शर्मा, भिमा अधिकारी, हुमादेवी खडका, दलित पुरुषतर्फ धन परियार, बुद्ध बोहोरा, दलित महिलातर्फ सुनिता ‘सोनी’ विश्वकर्मा र युवाबाट शेखर खडका प्रतिनिधि चयन भएको थापाले जानकारी दिए ।
    काठेखोला गाउँपालिकाबाट डिल्लीराज गौतम, टिकाराम सापकोटा, हरिनारायण गौतम, राम बहादुर जिसी, हिरा बहादुर केसी, डिल बहादुर कार्की, दलितबाट कुल बहादुर बिक, मनोज बिक, खड्क विक, सम्झना नेपाली चर्मकार, महिलातर्फ हुमाकुमारी जिसी अन्जु, चित्रकला छन्त्याल, उजेली शर्मा र युवाबाट प्रेम लामिछाने प्रतिनिधि चयन भएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend