९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

दुधमा खाद्य तथा खनिज तत्व नपुगेको पाईयो


जनमञ्च संवाददाता
  • १० असोज २०८० , बुधबार

  • दुधमा खाद्य तथा खनिज तत्व नपुगेको पाईयो

    बागलुङ, १० असोज– बागलुङ बजारमा बिक्री वितरण हुने अधिकांश दुधमा सरकारले तोकेको मापदण्ड अनुसारका खाद्य तथा खनिज तत्व नपुगेको पाईएको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिको पहलमा बजारका १५ वटा डेरी पसलबाट लिईएको नमुनामा मापदण्ड अनुसारका खाद्य तथा खनिज तत्व नभएको भेटिएको हो ।
    खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले डेरी पुलहरुबाट लिईएको नमुना खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्रयोगशालामा परीक्षण गराएको थियो । नगरले नमुना संकलन गरेर परीक्षण गर्न पठाएको अधिकांश दुधमा मापदण्ड नपुगेको पाईएको हो ।
    डेरी पसलहरुबाट बिक्री भैरहेको दुधमा चिल्लो पदार्थ र प्रोटिन लगायतका आवश्यक तत्वहरु तोकिएको भन्दा कमी भएको पाईएको बागलुङ नगरपालिकाका प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले बताए । ‘भैसीको दुधमा चिल्लो पदार्थ ५ प्रतिशत हुनुपर्ने हो तर जाँच भएकामध्ये ११ वटा पसलमा त्योभन्दा कम चिल्लो पदार्थ भएको दुध पाईयो’ सुवेदीले भने ‘गाईको दुधमा समेत ३.५ प्रतिशत तोकिएको चिल्लो पाईएन् ।’ प्रोटिन लगायतका तत्वहरु कम भएको पाईएको उनले बताए ।
    नगरपालिकाले मापदण्ड नपुगेको दुध बिक्री गर्दै आएका डेरी पसलहरुलाई मंगबार एकै ठाउँमा राखेर सचेत गराएको छ । पहिलो पटक सचेत गराएर मापदण्ड पु¥याउन लगाईएको र कमजोरी दोहोरिए कारवाही गरिने नगर उप्रमुख राजु खड्काले बताए ।
    दुधको गुणस्तरको बिषयमा चौतर्फी गुनासो आएपछि बागलुङ बजारमा सबैभन्दा धेरै दुधको कारोवार गरिरहेको बागलुङ दुग्ध उत्पादक संघको उद्योगमा अनुगमन गरिएको थियो । उद्योगबाट तीन पटकसम्म लिईएका नमुनामा मापदण्ड पुगेको पाईएपछि अन्य डेरी पसलहरुको नमुना लिईएको थियो ।
    ‘उपोभक्ता अधिकार र स्वास्थ्यप्रति सबै जिम्मेबार हुनुपर्छ’ खड्काले भने ‘तोकिएका मापदण्ड पुरा गरेर व्यवसाय गर्न व्यवसायीलाई अनुरोध छ ।’ मंगलबार व्यवसायीलाई सचेत गराउन आयोजना गरिएको कार्यक्रममा कारवाही र कानूनी व्यवस्थाको बिषयमा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी गराएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend