बागलुङ, १० असोज– राष्ट्रिय जनमोर्चा बागलुङले संचालन गरेको विशेष संगठनात्मक अभियानअन्तर्गत बरेङ गाउँ पालिकाको बाटकाचौर र जैमिनीको जैदीमा वडा स्तरीय प्रशिक्षण भेला सम्पन्न गरेको छ ।
असोज ५ गतेदेखि २७ गतेसम्म जारी रहने गरि सञ्चालन गरेको बिशेष संगठनात्मक अभियान अन्तरगत बाटाकाचौर र जैदीमा वडा स्तरीय प्रशिक्षण भेला सम्पन्न गरेको हो ।
बाटाकाचौरमा आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापा, जिल्ला सदस्य हिराबहादुर थापा, बरेङका अध्यक्ष पुर्णबहादुर पुन लगायतले प्रशिक्षण सहितको मन्तव्य दिएका थिए ।
कार्यक्रम वडा समिति अध्यक्ष पृथ्वीबहादुर पुनको अध्यक्षता, उपाध्यक्ष मन बहादुर पुनको स्वागत र सचिव पुर्ण परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।
त्यसैगरी जैदीमा आयोजित कार्यक्रम जनमोर्चाका केन्द्रिय सदस्य लिलादेवि शर्मा, जिल्ला सचिवालय सदस्य थानेश्वर सुवेदी, जिल्ला सदस्य डिलबहादुर श्रीस, जैमिनी नगर सदस्य शिवप्रसाद शर्मा, जनप्रतिनीधि भुपेन्द्रबहादुर रानाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम जंगबहादुर क्षेत्रीको अध्यक्षता, नारायणप्रसाद उपाध्यायको स्वागत र मानबहादुर सुनारको संचालनमा सम्पन्न भएको थियो । अभियान अन्तरगत बुधबार अर्जेवामा कार्यक्रम हुने जिल्ला सदस्य सुवेदीले जानकारी दिए ।