८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

धौलागिरी अस्पतालमा ‘सीटी स्क्यान’ सेवा सुरु


जनमञ्च संवाददाता
  • १२ असोज २०८० , शुक्रबार

  • धौलागिरी अस्पतालमा ‘सीटी स्क्यान’ सेवा सुरु

    बागलुङ, १२ असोज– धौलागिरी अस्पताल बागलुङमा ‘सीटी स्क्यान’ सेवा  भएको छ । ‘सीटी स्क्यान’ मेसिनको शुक्रबार गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गरिन् ।
    धौलागिरी अस्पताललाई गण्डकी प्रदेशकै नमुना अस्पतालको रुपमा विकास गर्नेगरी प्रदेश सरकारले काम गरिरहेको मन्त्री सिंखडाले बताइन् । स्थानीय सर्वसाधारण साथ र प्रदेश सरकारका दिर्घकालिन प्रभाव राख्ने काम कारवाहीले मात्रै अस्पतालको सेवा प्रभावकारी हुने सिंखडाको धारणा थियो ।
    मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले नागरिकका गुनासोलाई सम्बोधन गर्दै काम गर्न आग्रह गरेभने बागलुङ नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठले अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउन आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
    धौलागिरी अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेन्ड डा. रवि रञ्जन प्रधानले नागरिकले आफुलाई मनलाग्दो तरिकाबाट सीटी स्क्यान गर्दे भन्न आउने गरेको बताउँदै त्यस्तो गर्न नहुने बताए ।
    ‘सीटी स्कान गर्नुपर्छ वा पर्दैन भन्ने कुरा डक्टरले भन्नुहुन्छ, त्यहि आधारमा सीटी स्क्यान गर्नुपर्छ’ डा. प्रधानले भने– ‘अनावश्यक रुपमा सीटी स्क्यान गर्न लाग्यौँ भने त्यसले क्यान्सर रोग लाग्ने सम्भावना पनि हुन सक्छ ।’
    करिब ७ करोड रुपैयाँ लागतमा सीटी स्कान मेसिन जडान गरिएको हो । सीटी स्क्यान मेसिन जडान गरिएपछि शरीरका विभिन्न भागका क्यान्सर, टाउकोमा रगत जमेको, पेट, छाती सम्बन्धी रोग, शरीरका विभिन्न भागको प्यारालाइसिस, चोटपटक लागेका बिरामी, फोक्सोको क्यान्सर, शरीरको आन्तरिक चोट, रगत जमेको, टाउकोमा नसा फुटेको, आन्द्रा बटारिएको, जोर्नी लगायतका रोगको निदान बागलुङबाट हुने छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend